काठमाडौं । गीतकार तथा कवि मुकुन्द पौडेलले आफ्नो अर्को साँगीतिक कोसेली सार्वजनिक गरेका छन् । उनले जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पमा आधारित गीत आज युट्युबमा रिलिज गरेका हुन् ।
गीतमा स्वर तथा संगीत सागर अधिकारी (शरद)को रहेको छ । गीतमा भूकम्पबाट जनताले भोगेको पीडा र देशमा परेको समस्यालाई दर्साउन खोजिएको छ ।
यसअघि पनि पौडेलका थुप्रै यस्ता गीति भिडियोहरु आइसकेका छन् । अहिलेको गीत भने फरक खालको छ । पौडेलका तीन वटा कविता तथा मुक्तक संग्रह पनि बजारमा आइसकेका छन् ।


