एजेन्सी । आयोजक राष्ट्र कतारले एएफसी एसियन कपअन्तर्गत समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
सोमवार राति चीनमाथि १–० को जित निकालेसंगै साविक विजेतासमेत रहेको कतारले समूह चरणमा शतप्रतिशत जित निकालेको हो ।
खालिफा अन्र्राष्ट्रिय रंगशालामा भएको खेलमा कतारले पहिलो रोजाईका ९ खेलाडीलाई विश्राम दिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६६ औं मिनेटमा अक्रम अफिफको असिस्टमा हस्सन अल हेदोसले निर्णायक गोल गरे ।
जितसंगै साविक विजेता कतारले समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोड्दै समूह विजेता बनेको छ ।
चीनको समान ३ खेलमा २ अंक रहेको छ । चीन तालिकाको तेस्रो स्थानमा छ ।
चीनको अघिल्लो चरण पुग्ने आशा अझै कायम छ ।
यता, सोहि समूहको अर्को खेलमा ताजकिस्तानले लेबनानमाथि २–१ को जित निकालेको छ ।
जस्सिम बिन हमद रंगशालामा भएको खेलमा जित निकालेसंगै ताजकिस्तानले ३ खेलबाट ४ अंक जोड्दै समूह उपविवजेताका रुपमा अघिल्लो चरण प्रवेश गरेको छ ।
पराजित लेबनान भने ३ खेलमा मात्र १ अंकसहित तालिकाको पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

