एजेन्सी । अष्ट्रेलीयाको भिक्टोरियामा नेपालको सेट लगाएर हलिउड चलचित्र ‘आइसरोड २’को छायांकन चलिरहेको छ । नेपालमा आएर छायांकन गर्नु भन्दा हलिउड चलचित्रका निर्माताले अष्ट्रेलीयामा नेपालकै सेट बनाएर चलचित्रको छायांकन गरिरहेका छन् । क्यानडाबाट सुरु भएको छायांकन अष्ट्रेलीयामा जारी छ ।
यो चलचित्रमा लियाम निसन मुख्य भूमिकामा छन् । यो चलचित्रलाई नेपालको कोदारी राजमार्गमा खिच्नुपर्ने हो । तर, नेपालको नक्कली सेट बनाएर चलचित्रलाई अष्ट्रेलीयामा खिचिएको हो ।
सार्वजनिक भएको तस्विरमा मुख्य नायक निसन नेपाली प्रहरीसँग द्धन्द्ध गरिरहेका छन् । नेपालमा अहिले जाडो महिना चलिरहेकाले निसनले बाक्लो कपडा लगाएका छन् । ७१ बर्षका यी नायकले रिसको झोकमा नेपाल प्रहरीलाई मुक्का प्रहार गरिरहेका छन् । यो चलचित्रले आफ्नो मृत भाइको अस्तु बोकेर सगरमाथा जान लागेको एक पुरुषको कथालाई पर्दामा उतारेको छ ।
सन् २०२१ मा रिलिज भएको चलचित्र ‘आइस रोड’को सिक्वेलको रुपमा यो चलचित्र तयार भइरहेको छ ।


