अबिडजान । सेको फोफानाले सुरुमै गरेको उत्कृष्ट गोलको मद्दतले आइभरीकोस्टले अफ्रिका कप अफ नेसन्समा शनिबार गिनी–बिसाउलाई २–० ले पराजित गर्दै विजयी सुरुआत लिएको छ ।
यससँगै उसले तीन अंक बटुलेको छ । अफ्रिका कप अफ नेसन्स २०२३ : आयोजक आइभरीकोस्टको विजयी सुरुआत साउदी अरेबियामा व्यवसायिक फुटबल खेल्ने फोफानाले चौथो मिनेटमै आयोजक देशलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा जियान–फिलिपे क्रसाले दोस्रो गोल गरे र आइभरीकोस्ट समूह ‘ए’ को शीर्षमा रह्यो । फोफाना नै खेलका ‘प्लेयर अफ द म्याच’ रहे । आइभरीकोस्ट घरेलु समर्थकमा टिकेर आफ्नै भूमिमा भएको प्रतियोगिता जित्ने उद्देश्यमा रहनेछ ।
