काठमाडौं । एएफसी एसियन कप २०२३ आज सुरु हुँदैछ । एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट कतारमा सुरु हुन लागेको हो ।
प्रतियोगिताको उद्धाटन खेलमा आयोजक कतार र लेबनान प्रतिस्पर्धा गर्दैछन् । लुसेल रंगशालामा हुने उद्धाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बाट सुरु हुनेछ ।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको साविकको विजेता कतार आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छ ।
यस्तै एसियन कपमा छिमेकी राष्ट्र भारतले पनि सहभागिता जनाएको छ । भारतको खेल भने शनिबार हुनेछ ।

