मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

डिफेन्डिङ च्याम्पियन काठमाडौं इलिमिनेटर चरणबाटै बाहिरिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
डिफेन्डिङ च्याम्पियन काठमाडौं इलिमिनेटर चरणबाटै बाहिरिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा डिफेन्डिङ च्याम्पियन काठमाडौं इलिमिनेटर चरणबाटै बाहिरिएको छ।

मंगलबार भएको खेलमा काठमाडौँ छिमेकी क्लब ललितपुरसँग ३–० ले स्तब्ध बन्यो। ललितपुरले भने समूह चरणको अन्तिम खेलसँगै गत संस्करणमा काठमाडौँसँग क्वालिफायरमा भोगेको ३–० को हारको मिठो बदलासमेत लिन सफल भयो। अब फाइनल प्रवेशका लागि ललितपुर र पोखरा भिड्ने छन्।

दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरेका थिए। ललितपुरले खेलको ३६ औँ मिनेटमा इमोह इजेकेलको गोलमार्फत खेलमा अग्रता लियो। पापा इबोउ केबेले गरेको प्रहार काठमाडौँका गोलरक्षक अन्जल महर्जनले वानटच समाउन नसकेको बललाई रिबाउण्डमा अनमार्क रहेका इमोहले सहज रुपम पोस्टको दिशा दिएका थिए।

पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा खेलको ४४ ‍औँ मिनेटमा अन्नतको कर्नर कुलदीप कार्कीले क्लियर गर्दा क्रसबारमा लागेर फर्किएको बलमा पापा इबोउ गोल गर्दा ललितपुरले पहिलो हाफमा नै सहज अग्रता बनायो।

दोस्रो हाफमा पनि ललितपुरले आफ्नो राम्रो लयलाई निरन्तरता दियो। ५२ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को अग्रता दिलाए। इमोहले निखिल कदमको फ्रिकिकमा आकर्षक हेड गर्दा काठमाडौँ खेलमा ३–० ले पछि रह्यो। खेल अवधिभर काठमाडौँले सीमित मात्र अवसर बनाए पनि गोल गर्न असफल हुँदा सान्त्वना गोलबाट समेत विमुख भयो।

७४औँ मिनेटमा काठमाडौँ १० खेलाडी सीमित हुन पुग्यो। कप्तान अन्जन राई दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा खेलिरहेको काठमाडौँ थप दबाबमा परेको थियो।

प्रतियोगिताको फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग टाइब्रेकरमा पराजित हुँदा दोस्रो क्वालिफायरमा ललितपुरसँग भिड्ने छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

आज नेवार समुदायमा म्हपूजा

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक