मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

पुरस्कार र पदक वितरणमा बदमासी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पुरस्कार र पदक वितरणमा बदमासी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ ।

समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ । विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको छ ।

विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीमध्ये त्रिविले वातावरण केन्द्रीय विभाग अन्तर्गतका क्याम्पसबाट स्नातकोत्तर (एमएससी) तहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गर्दै छ । तर उक्त विषयमा दुई जना छात्राले समान अङ्क ल्याए पनि त्रिविले भने आफूखुसी एक जनाको नाम सार्वजनिक गरेर अर्कालाई अन्याय गरेको छ । उक्त विषयमा उन्नति अर्याल र सुस्मा तिम्सिनाले समान ३.८४ सिजिपिए प्राप्त गर्नुभएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले कुनै आधारबिना नै तिम्सिनालाई मात्रै उक्त पुरस्कार र पदकका लागि योग्य भएको भनेर सूचना सार्वजनिक गरेको छ । समान प्राप्ताङ्क भए पनि तिम्सिनालाई मात्रै किन पुरस्कारका लागि योग्य बनाइयो भन्ने विषयमा त्रिविका जिम्मेवार अधिकारीले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् ।

पीडित विद्यार्थी अर्यालले भन्नुभयो, “डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म गुनासो गर्दा पनि चित्त बुझ्दो जवाफ पाइएन । समान अङ्क ल्याउने विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने त्रिविको नियतले चित्त दुखेको छ ।” उहाँले यसबारेमा जानकारी दिन आफू आइतबार विभागमा जाँदा त्यहाँका पदाधिकारीले पुरस्कारका लागि नाम सार्वजनिक गरिएका तिम्सिनाको शैक्षिक प्रमाणपत्र ल्याउन भनेको बताउँदै थप्नुभयो, “हामीले अर्काको प्रमाणपत्र कहाँबाट खोजेर लैजाने हो ? प्रमाण जुटाउने काम त विश्वविद्यालयको हो, विद्यार्थीको कसरी हुन सक्छ ?”

वातावरण केन्द्रीय विभाग विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत पर्छ । संस्थानका सहायक डिन महेन्द्र महर्जनले वातावरण विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको नाम खोज्ने क्रममा तिम्सिनाको नाम सुरुमा आएको र सोही आधारमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई सिफारिस गरिएको तर्क गर्नुभयो । उत्कृष्ट विद्यार्थीको नाम पनिकाले सार्वजनिक गर्ने भएकाले थप जानकारी पनिकाबाटै  लिन उहाँले अनुरोध गर्नुभयो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने डिन कार्यालयबाट आएको उत्कृष्ट विद्यार्थीको तथ्याङ्कका आधारमा आफूहरूले सूचना जारी गर्ने र सोही आधारमा पदक तथा पुरस्कार वितरण गर्ने स्पष्ट पार्नुभयो । एक तहका विद्यार्थीको समान अङ्क आएको विषयमा आफूले जानकारी नपाएको बताउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्थमा पदक वितरण नै रोकिन सक्छ । यस विषयमा म अध्ययन गर्छु ।”

सूचनामै कैफियत

पुरस्कार तथा पदक दाबी गर्न त्रिविले पहिलो पटक मङ्सिर २७ गते गोरखापत्रमार्फत स्नातकोत्तर तहमा ३.९४ सिजिपिए ल्याउनुभएका निकिता भण्डारीको नाम सार्वजनिक गर्दै उक्त अङ्कभन्दा धेरै ल्याउने कुनै विद्यार्थी भए दाबी गर्न अनुरोध गरेको थियो । उक्त सूचनामा मङ्सिर २९ गतेभित्र पुरस्कार र पदक पाउन योग्य विद्यार्थीले आधारसहित दाबी गरिसक्नुपर्ने भनिएको छ । जब कि पनिकाले सार्वजनिक गरेको सूचनामै ३.९४ सिजिपिए ल्याउने विद्यार्थीको नाम उल्लेख गरिएकाले उक्त प्राप्ताङ्कभन्दा थोरै ल्याउने विद्यार्थीले दाबी गरेनन् ।

तर पनिकाले मङ्सिर ३० गते अन्तिम सूचना सार्वजनिक गर्दै ३.८४ सिजिपिए ल्याउनुभएका तिम्सिना पुरस्कार तथा पदकका लागि छानिएको जनायो । मङ्सिर २७ गतेको सूचनामै ३.९४ सिजिपिए ल्याएका विद्यार्थीको नाम सार्वजनिक गरेको त्रिविले मङ्सिर ३० गते ३.८४ सिजिपिए ल्याउनुभएका तिम्सिना कसरी पदकका लागि उपयुक्त हुनुभयो भन्नेसमेत खुलाएको छैन ।

डिन कार्यालय र पनिकामा बुझ्दा ३.९४ सिजिपिए ल्याउनुभएका भण्डारी नयाँ समूहका विद्यार्थी भएकाले अर्को वर्षको दीक्षान्तमा मात्रै सहभागी हुन पाउने नियम रहेछ । यति सामान्य विषयमा पनि त्रिविले अध्ययन नै नगरी सूचना जारी गर्नु र समान अङ्क ल्याएका मध्ये एक विद्यार्थीलाई मात्रै आफूखुसी पदकका लागि योग्य भएको घोषणा गरिनु शङ्कास्पद भएको पीडित छात्रा अर्यालको गुनासो छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्री कुलपति भएको विश्वविद्यालयले मलाई न्याय दिने छ भन्ने विश्वास लिएको छु ।”

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक