आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देश बनाउने र बचाउनेबीच मेलमिलाप जरुरी !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
देश बनाउने र बचाउनेबीच मेलमिलाप जरुरी !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
हालै मात्र नेपाली कांग्रेसले मेलमिलाप दिवस मनायो । तत्कालीन बीपी कोइरालाको पालामा भारतमा निर्वासित उनी मेलमिलापको अवधारणा अघि सार्दै नेपाल फर्किएका थिए । राजा महेन्द्रले पञ्चायती व्यवस्था ल्याएपछि निर्वासित भएका उनी लामो समयपछि राजासँग नै सहकार्य गर्नुपर्ने धारणासहित नेपाल फर्किएका थिए । बीपीको त्यही पुनरागमनलाई नै कांग्रेसले मेलमिलाप दिवसको रुपमा बनाउँदै आएको छ । बीपीको पालामा देशको त्यतिबेलाको अवस्था र अहिले भने आकाश जमिनको नै फरक छ । संघीय व्यवस्था अभ्यास गरिरहेको देशमा अहिले राजनीतिक दलमा नै नयाँ र पुरानाबीच संघर्ष छ । देशको अवस्थाअनुसार भने के पुराना के नयाँ, के कांग्रेस, के कम्युनिस्ट सबैबीच मेलमिलाप जरुरी देखिएको छ ।
मुलुकमा राजतन्त्रको अन्त्य र लोकतन्त्र तथा गणतन्त्रको बहाली भएको पनि डेढ दशकभन्दा बढी बितिसकेको छ । तर, यो अवधिमा राजनीतिक दलबाट गरिएको अपेक्षाको नतिजा हेर्दा भने निराशाजनक नै छ । वर्षौंदेखि सत्ताको बागडोर सम्हालिरहेका दल तथा तिनका नेता नै जनतालाई सुशासन र विकास दिन सकिरहेका छैनन् । देशको आर्थिक अवस्था अधोगतिमा छ । भ्रष्टाचार र अनियमितता दिनप्रतिदिन बढ्दो छ । बेरोजगारीको समस्या चरम छ भने सर्वहारा वर्ग महँगीको मारमा परिरहेको छ । रेमिट्यान्सको भरमा चलिरहेको देशको अर्थतन्त्र कुन बेला धरापमा पर्ने हो भन्ने टुंगो छैन । विकास निर्माणका योजना वर्षौंदेखि अलपत्र छन् । काम गर्नुपर्ने ठेकेदारहरु आयोजना ओगटेर र म्याद थपेर बसिरहेका छन् ।
देशको यस्तो अवस्था हुनुको मुख्य कारण हो, पुरानै दल तथा नेताको हालिमुहाली, दलहरुबीच असमझदारी र विकासप्रति नेताको उदासीनता । डेढ दशकयता मुलुकमा व्यवस्था परिवर्तन भए पनि नयाँ नेतृत्व खासै देख्न पाइएको छैन । हुन त माओवादी जनयुद्ध गरेर शान्तिप्रक्रियामा आएको हो । तर, यो पार्टीले पनि पुरानै राजनीतिक दलको प्रवृत्ति अँगालेपछि यसका नेताहरुमा पनि नयाँपन बाँकी रहेन । डेढ दशकयताको चुनावमा कुनै पनि दलहरुले बहुमत ल्याउन सकेका छैनन् । अघिल्लो चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरे पनि ५ वर्ष सत्ता सञ्चालन भने सम्भव भएन । अस्थिर सरकार, राजनीतिक माहोल र नेताहरुको अकर्मण्यताको कारण पनि देशको विकास ओझेलमा पर्दै आएको छ ।
राजनीतिक दल र तिनका नेताबीच सत्ताका लागि मनमुटाव र सत्ताकै मेलमिलाप जस्तो स्वार्थी खेल यस अवधिमा चलिरहेको छ । जुन मुलुकको लागि निकै घातक हो । यसले हाम्रो विकास र समृद्धिको चाहना कहिल्यै पनि पूरा हुन नसक्ने संकेत गर्छ । हालैको निर्वाचन परिणाम र नयाँ सरकार गठनबाट पनि मुलुकले स्थिरता पाउला त भन्नेमा अझै विश्वस्त हुने आधार छैन । हिजो एकअर्काको दुश्मन बनेका नेताहरु आज सत्ताका लागि मित्रता जोड्न तयार भएका छन् । हिजोका गल्तीलाई मनन गर्दै अहिलेको सरकार गठनमा देखिएको वाम गठबन्धनमा अन्य वाम दललाई पनि एकीकृत र सहभागी गराउने हो भन्ने पक्कै पनि मुलुकले केही स्थिरता पाउनेछ । देश बनाउने र बचाउनेबीच मेलमिलाप नै आजको आवश्यकता हो भन्ने चेत नेताहरुमा खुल्न जरुरी छ ,  नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४८ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक