बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढी पहिरोले ठप्प शाखा सडक सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बाढी पहिरोले ठप्प शाखा सडक सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बागलुङ । असार दोस्रो सातादेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक पूर्णरुपमा सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएसँगै स्थानीयलाई सामान ढुवानी तथा यात्रा गर्न सहज भएको छ । बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि अवरुद्ध बनेका सडक करिब पाँच महिनापछि सञ्चालनमा आएका हुन् । बरेङ, काठेखोला, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड गाउँपालिका, ढोरपाटन, गलकोट र जैमिनी नगरपालिकामा मुख्य सडकबाहेक शाखा सडक ठप्प थिए ।

अवरुद्ध भएका सडकमध्ये अधिकांश दसैँ अगावै खुले पनि केही स्थानमा भने दसैँ सकिएपछि खुलेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी(ढोरपाटन सडक बर्खाका समयमा अवरुद्ध भए पनि केही समयमै खुलाइन्थ्यो भने ग्रामीण सडक महिनौँ दिनपछि मात्रा सञ्चालन गरिएको स्थानीय तमबहादुर श्रीसले बताए । असारमा ठूलो वर्षा भएपछि गाउँ नजिकैको सडकमा ठूलो पहिरो गएपछि यातायात ठप्प भएको भन्दै त्यसलाई खुलाउन हिउँद कुर्नु परेको सुनाए । त्यो पहिरो खुलाएको भए सिंगो गाउँमा बर्खाभरीनै यातायात साधान चल्ने उनी जानउँछन् ।

उनले भने, “साउनको पहिरो साता सडक माथिदेखि पहिरो आएर आवतजावत बन्द भयो, गाउँपालिकाले सडक खुलाउँछ कि भनेको महिनौँ बित्दा पनि खुलाएन, दुई साता भयो सडक सञ्चालन भएको छ, सडकमा गाडी चल्न थालेपछि बजारबाट सामान ल्याउन र यात्रा गर्न सजिलो भएको छ ।”

स्थानीय निसान घर्तीले अवरुद्ध सडक बर्खामै पनि खुलाउन सकिने भए पनि सरोकारवाला निकायले ध्यान महिनौँसम्म आफूहरुले दुःख पाउनु परेको बताए । गाउँमा दैनिक तीनरचार वटा पिकअप जिपले सामान ओसार्ने र मान्छे बोक्ने गरे पनि बर्खामा ठप्पै भएको बताए । गाउँमा सडक आएदेखि हरेक वर्ष बर्खामा सडक ठप्पै हुने गरेको उनको भनाइ छ । पहिरोले अवरुद्ध बनाएको सडक उतिबेलै सञ्चालन गरे गाउँका सयौँ नागरिकलाई सहज हुने घर्ती जानउँछन् ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बर्खामा अवरुद्ध बनेका सबै सडक सञ्चालनमा आएसँगै सहज भएको बताए । अहिले कुनै पनि गाउँमा यातायातका साधान संचालनमा समस्या नभएको उनको भनाइ छ ।

“गाउँको बाटो बर्खा लाग्यो भने समस्या आइहाल्ने, पटक(पटक पहिरो पन्छाउन पनि नसकिने, दसैँ अगाडि धेरै सडक खुलाएर गाउँ आउनेलाई सहज बनाइयो, त्यसपछि पनि बाँकी हरेका सडकहरु अहिले सञ्चालनमा आएका छन्” उनले भने, “अब ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी काम गर्नेछौँ ।”

यो पनि पढ्नुहोस्

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

१९ घण्टा अगाडि
आज नेवार समुदायमा म्हपूजा

आज नेवार समुदायमा म्हपूजा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक