मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

तिहारलक्षित बजार अनुगमन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
तिहारलक्षित बजार अनुगमन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारको केन्द्रीय संयु्क्त बजार अनुगमन समितिले तिहारलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन समितिले आइतबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो । विभागका महानिर्देशक तीर्थराज चिलवालले तिहारमा बढी खपत हुने मिठाई, विद्युतीय सामान, भाँडाकुँडा र भाइमसलामा केन्द्रित गरेर बजार अनुगमन सुरु गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य प्राविधिकसमेतको संयुक्त बजार अनुगमन समितिले मङ्गलबार काठमाडौँ थापाथलीको मिठाई पसलले मिठाई उत्पादन गर्दा मूल्य र नापतौलमा ठगेको भेटिएपछि दुई लाख रुपियाँ जरिबाना गरेको छ ।

विभाग नेतृत्वको अनुगमन टोलीले तिहारमा बढी खपत र माग हुने मिठाईको अनुगमन गर्ने क्रममा उक्त पसलमा बाहिर देख्दा सुन्दर र आकर्षक सजावट गरिए पनि मिठाई गुणस्तरहीन र दुर्गन्धित रहेको पाइएपछि जरिबाना गरिएको महानिर्देशक चिलवालले जानकारी दिनुभयो । उहाँले यही आइतबारदेखि सार्वजनिक बिदाका दिनमा समेत १२ वटा टोलीले नियमित रूपमा चाडपर्वलक्षित बजार अनुगमन गरिररहेको जानकारी दिनुभयो । यस्तो अनुगमन नयाँ नभएर विगतकै निरन्तरता हो । त्यसैले पनि यसको उपलब्धि देखिँदैन । उपभोक्ता अधिकारकर्मीले अनुगमनकर्मकाण्डी र बजेट सकाउने मात्रै भएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको संयुक्त बजार अनुगमनको उद्देश्य राम्रो भए पनि अहिलेको बजार अनुगमन बजेट सकाउनेबाहेक केही नभएको आरोप लगाउनुभयो ।

अनुगमनको नेतृत्व गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा आमउपभोक्ताको अपेक्षा अनुसार नभए पनि विगतको तुलनामा सुधार भएको दाबी गरेको छ । विभागका महानिर्देशक चिलवालले स्वयम् उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बताउनुभयो । बजार अनुगमन उपत्यकामा केन्द्रित रहेको छ । सरकारको संयुक्त बजार अनुगमनको १३ वटा टोलीले उपत्यकामा नै केन्द्रित गरेर अनुगमन गर्दै आएका छन् ।   गाेरखापत्र

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक