बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् ।

खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल माध्यमबाट ग्रान्ड फिनालेमा उनले गोठालो जाँदा लाएको माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोप संयोजक सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीबाट ग्रहण गरिदिएका थिए ।

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा फस्ट रनरअप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङसेलो र आफैले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुतत गरेका थिए ।

यसैगरी सेकेन्ड रनरअपको रुपमा सुवासचन्द्र पुनमगर रहे । पोर्चुगलका पुनमगरले सुवासचन्द्र पुन मगरले तिम्रो न्यास्रो आउँछ निरमाया  र फूलको थुंगा हौकी भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।  यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुनामगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।

एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटना तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले  नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे । पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताउँदै संसारको पर्यटनको केन्द्र रहेको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै यसबाट नेपालले लाभ लिनका लागि एनआरएनले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक रहेको बताए ।

गीत संगीत एकताको  सूत्रमा बाध्ने माध्यम भएकाले हामीले यसको संरक्षण गर्नका लागि सरकारले काम गरिरहेको बताए । पूर्व अध्यक्ष भवन भट्टले भाषा र साहित्यले सवैलाई जोड्ने भएकाले यसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालले गर्व गर्नु पर्ने विषय मध्य यहाँको भाषा र संस्कृति रहेको बताउँदै भाषा र संस्कृति जोगाउने आफूहरुको दायीत्व रहेको बताए । उनले विदेशमा रहेका आफूहरुले सन्ततीलाई नेपाली भाषा र संस्कृतिका बारेमा सिकाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको पनि बताए ।

एनआरएन अध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीहरुको भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले मद्दत पुग्ने बताइन् । भाषा र संस्कृति जोगाउनका लागि हामी सबै मिलेर विदेशमा बसेर छोरा छोरीलाई नेपालसँग जोड्नका लागि यस्ता कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउनेमा जोड दिइन् ।

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामछिानेले संस्कृति तथा सम्पदा विभागले विदेशमा रहेका नेपालीहरुलाई गीत संगीतमार्फत जोड्ने प्रयास गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्नेमा जोड दिए ।

एनआरएनका पूर्व अन्तर्राष्ट्रिय संयोजक भीम उदासले यो कार्यक्रमको कनसेप्ट बनाउनेहरु नै बधाईको पात्र रहको बताए । नेपालभित्र एनआरन हाउसहोल्ड नाम भइसकेको बताउँदै एनआरएनका कारण देशको समृद्धि र विकास हुने बताए । देश भित्र र बाहिर बसेका सबै नेपालीहरु मिलेर देशलाई समृद्धि बनाउन लाग्नु पर्नेमा जोड पनि दिए ।

एनआरएन द सिंगरका प्रमुख निर्णायक शम्भु राईले संस्कृति विनाको समाजा र संस्कृति विनाको राजनीति परिकल्पना गर्न नसकिने बताए । यो कार्यक्रमले ऐतिहासिक काम गरेको बताउँदै आगामी दिनमा पनि नेपाली पहिचान दिलाउनका लागि सधै साथ रहने बताए ।

कार्यक्रममा वरिष्ठ संगीतकार आनन्द कार्कीले आफूहरुले नेपाली गीत संगीतलाई विदेशमा पु¥याउन अभियान चलाइरहेका बेला एनआरएन द सिंगर कार्यक्रमले राम्रो काम गरेको बताए ।

गोविन्द गौतमले कार्यक्रम समापन गर्दै प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीलाई कलाका माध्यमबाट नेपालसँग जोड्ने उद्देश्यले एनआरएनको संस्कृति तथा सम्पदा समितिले यो कार्यक्रम गरेको बताए । उनले २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

एनआरएन द सिंगरको कार्यक्रम पार्टनरको रुपमा युनिटेक रहेको थियो भने सहयोगीको रुपमा वी ड्रिम रियल स्टेट र हाथफोर्ड एडुकेसन मार्केटेडबाइको रुपमा सनबी होल्डिङ, इभेन्ट पार्टनरको रुपमा रोविन प्रसाद सेरचन र ब्रोडकास्टिङ पार्टनरको रुपमा फोके र भोटिङ पार्टनरको रुपमा खल्ती एप रहेको थियो ।

यो पनि पढ्नुहोस्

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

३ दिन अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक