बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बसपार्कमा यात्रुको चाप, टिकट पाउनै घण्टौं लाइनमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बसपार्कमा यात्रुको चाप, टिकट पाउनै घण्टौं लाइनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । मानिसहरूको भिडभाड बढेको छ । जता हेर्‍यो त्यतै मानिसहरूकै भीड देखिन्छ ।

कोही लाइनमा उभिएका छन् त कोही यताउता दौडिरहेका छन् । कोही कसैलाई पर्खिरहेका छन् भने कोही हतारमा देखिन्छन् ।

यो दृश्य हो, वीरेन्द्रनगर बसपार्कको । केही दिनयता बसपार्कको दृश्य नै बदलिएको छ । दसैँ नजिकिएसँगै यात्रुहरूको चाप ह्वात्तै बढेको छ । दसैँ मनाउन घर फर्किनेहरूको भीडले बसपार्कमा बेग्लै रौनक छाएको छ । यद्यपि, यही रौनकबीच यात्रुहरूलाई सास्ती पनि भएको छ । कतिले टिकट नै पाएका छैनन् । टिकटै लागि बसपार्क धाइरहनु परेको उनीहरूको गुनासो छ ।

घटस्थापनासँगै यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्न समेत घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । काठमाडौंमा बसेर अध्ययन गर्ने दैलेखका पुस्कर योगी  सुर्खेतमै बसेको दुई दिन भइसक्यो । आइतबार काठमाडौंबाट सुर्खेत आइपुग्नु भएको उहाँले दुई दिनसम्म गाडीको टिकट पाउन सक्नुभएको छैन । अत्यधिक भीड हुँदा सोमबार भने मुस्कीलले टिकट काटेर भए पनि घर जाने उहाँले बताउनुभयो ।

सोमबार बिहान कालिकोट जान बसपार्कमा पुग्नुभएको शारदा पाण्डेले टिकट नपाएको बताउनु भयो । ११ बजे बसर्पाकमा भेटिनुभएको उहाँले दिउँसोसम्म टिकट पाउनुभएको थिएन ।

अध्ययन, जागिर र व्यवसायका लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरूको घुइँचो पनि उत्तिकै देखिन्छ । जाजरकोट जान हिँड्नुभएका पवन कार्कीले गाडीको टिकट पाउन सक्नुभएको छैन । उहाँ सोमबार सुर्खेत बसपार्कमा भेटिनुभएको थियो । ‘‘सबै गाडीमा यात्रु भरिभराउ छन् । घर पुग्न गाडी नै पाइएको छैन,’’ उहाँले भन्नुभयो, ‘‘मङ्गलबारको टिकट पाइयो भने लिनुपर्ला ।’’ बिहानैदेखि जाजरकोटका लागि धेरै गाडी छुटेपनि सिट नहुँदा जान नपाइएको उहाँले सुनाउनुभयो ।

बसपार्कमा विशेष गरी दैलेख र कालिकोटको टिकट काउन्टरमा यात्रुको भीड बढी नै थियो । सबैभन्दा बढि दैलेख जाने यात्रुहरू हुने गर्दछन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्ने गर्दछ । तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको संयुक्त यातायातका संयोजक नारायण चपाईले बताउनुभयो । ‘‘शनिबार र आइतबारदेखि घर जाने यात्रुहरूको भीड छ,’’ उहाँले भन्नुभयो, ‘‘नियमित क्युभन्दा बाहेक प्रत्येक रुटमा १०–१२ वटा गाडी थप गरिएको छ । अझै ५० वटा जति गाडी थप्नुपर्ने हुन सक्छ ।’’ कर्णालीका दशवटै जिल्लामा प्रत्येक रुटमा नियमित क्युभन्दा १०–१२ गाडी थप गरिएको उहाँले जानकारी दिनुभयो ।

सुर्खेतका ट्राफिक प्रहरी प्रमुख देवेन्द्रसिंह बुढाथोकीले केही दिनयता सवारी चाप बढेको बताउनुभयो । ‘‘आइतबारदेखि विभिन्न रुटमा गाडीहरूको चाप अलि बढेको छ । शनिबार कर्णाली राजमार्गमा नियमीतभन्दा करिब ३० प्रतिशत बढी गाडी गुडेका थिए । गाडीको चापलाईं मध्यनजर गरी ठाउँठाउँमा चेकजाँच पनि बढाइएको बुढाथोकीले बताउनुभयो । यस्तै, नेपालगन्जबाट सुर्खेत आउने गाडीमा सीट क्षमताभन्दा बढी यात्रु ल्याउँदा आइतबार मात्र १७ वटा गाडी बबईमा रोकिएका थिए । gorkhapatra

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

८ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक