बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सापू रोगबाट बच्न चिकित्सकको आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सापू रोगबाट बच्न चिकित्सकको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् ।

भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताइन् । केही समयअघि महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोगसँग झुक्किएर सापू रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ । उनले भनिन्, “हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापूका लक्षण बोकेर आउनुभएको छ ।” आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा सुवेदीको आग्रह छ ।

उनले सापूरोग साना बालबालिकाका लागि अझ घातक हुनसक्ने भन्दै बच्चा चञ्चल हुने, सरसफाइमा ध्यान नदिने, बच्चालाई सरसफाइका बारेमा बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले सानो बच्चाको दृष्टि गुम्न सक्ने खतरा बढेको औँंल्याइन् । डा.सुवेदीले अहिलेको समयमा अकारण दृष्टि गुमाउनबाट बच्नका लागि सापु रोगबारे जान्न अन्यन्तै आवश्यक भएको बताइन् । आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, कचेरा लाग्ने भए पनि सुरुमै दृष्टिमा कमजोरी नआउने तर सापू रोगमा भने आँखामा कचेरा वा चिप्रा नलागी आँखा रातो हुने, दृष्टि कमजोर हुने, उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा सुवेदीले जानकारी दिइन् ।  उनले भनिन्, “आँखा रातो भएपछि हामी सकेसम्म छिटो आँखा उपचार केन्द्रमा उपचार गर्न गइहाल्नुपर्छ, समयमै उपचार पाउन सकेमा सापू रोग लागेका धेरैजसो बिरामीको दृष्टि बचाउन सकिन्छ ।”  सापू रोगबारे नेपाल सरकारले पनि जानकारीमूलक पर्चा निकालेको अवगत गराउँदै डा सुवेदीले त्यसमा उल्लेख भएका कुराको अवलम्बन गर्न अनुरोध गरेकी छन् ।

प्रायः वर्षायामको भदौदेखि मङ्सिरसम्म यो रोग पाहडी भेगमा बढी देखिने भए पनि अहिले मौसमको परिवर्तनसँगै तराई भेगतिर पनि सर्दै गएको उनको भनाइ छ । हालसम्म सेतो पुतलीलाई सापूकोे कारक मानिएको भए पनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा समेत यो रोग देखा परेको डा सुवेदी बताउँछिन् । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको भन्दै उनले भनिन्, “यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ, म आग्रह गर्दछु हजुरहरुको आँखा रातो भएको छ भने तुरुन्तै आँखा उपचार केन्द्रमा आउनुहोला र दृष्टि बचाउने हाम्रो लक्ष्यमा सहयोग गर्नुहोला ।” रासस

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

७ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक