बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जानकी । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो । kfc Tata Folliderm चौबीसै घण्टा जनताको सुुरक्षामा खटिएका प्रहरी कर्मचारी आफ्नो स्वास्थ्य समस्याबारे अनभिज्ञ भएकाले प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।

प्रनाउ तिवारीले भने, “चौबीसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो ड्यटी निभाउने प्रहरी आफ्नै स्वास्थ्य जाँचका विषयमा अनभिज्ञ भएकाले स्वास्थ्य शिविरको आयोजना गरेका हौँ”, उनले भने, “आम नागरिकको सुरक्षा प्रभावकारी ढङ्गले पूरा गर्न प्रहरी स्वयं स्वस्थ रहन आवश्य छ ।”

प्रमुख अथितिका रूपमा रहेका लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले प्रहरी कर्मचारी रातदिन जनताको सुरक्षाका लागि काम गर्दा आफ्नो स्वास्थ्य सुरक्षाका लागि सजग हुनुपर्ने बताए । “जनताको सुरक्षार्थ खटिनका लागि सर्वप्रथम त प्रहरी स्वयं नै स्वस्थ्य हुन आवश्यक छ”, उनले भने । कार्यक्रममा भूतपूर्व प्रहरी कर्मचारी यामबहादुर गैरेले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि ठूलो सहयोग पुग्ने बताए । त्यसैगरी कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले प्रहरीको निःशुल्क स्वास्थ्य जाँचका लागि स्वस्थ्य शाखा सधैँ तयार रहेको बताए ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाद्वारा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँचका लागि मेडिकल अधिकृतको टिम, स्टाफ नर्स, ल्याब टेक्निसियन उपलब्ध गराइएको थियो भने लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट विशेषज्ञसहितको टोलीले प्रहरीको स्वास्थ्य जाँचमा सहयोग गरेका थिए । प्रहरी कर्मचारीलाई कोहलपुर आँखा उपचार केन्द्रको सहयोगमा निःशुल्क आँखा जाँच गरिएको छ । त्यसैगरी उच्च रक्तचाप, मधुमेह, दाँतलगायत सामान्य स्वस्थ्य जाँचसमेत गरिएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयको मातहतमा २२ वटा प्रहरी चौकी रहेको छ । जसमा दुई सय १६ प्रहरी कार्यरत छन् । आज भएको स्वास्थ्य जाँचमा प्रहरी कर्मचारी एवं भूतपूर्व प्रहरी, प्रहरी परिवारसँगै एक सय ६० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । रासस

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

७ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक