बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा आक्रमण नगर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा आक्रमण नगर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ।

स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले नेपाल सरकार, स्वास्थ्यकर्मी र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ।

पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायत विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकले आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको उपचारमा असर पर्न गएको छ।

चिकित्सकको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याबारे विभिन्न माध्यमबाट निरन्तर अनुगमन भइरहेकोे आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ।

गत भदौ २४ गते हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको, असोज ७ गते लमजुङ अस्पतालका चिकित्सकमाथि स्थानीय जनप्रतिनिधिबाट हातपात भएको, असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि सेवाग्राहीले कुटपिट, दुर्व्यवहार र आक्रमण गरेको घटनाका सम्बन्धमा आयोगले अनुगमन गरेको हो ।

पछिल्लो पटक पोखराको मणिपाल अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात र दुर्व्यवहार गरी अस्पतालको भौतिक संरचनामा तोडफोड गर्नाका साथै सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुव्र्यवहार गरिएको अनुगमनमा देखिएको आयोगले जनाएको छ।

आयोगले शान्ति सुरक्षा र घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै चिकित्सकले असोज ९ र १० गते अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका कारण उपचारका लागि आएका बिरामी सेवा पाउनबाट वञ्चित भएको जनाएको छ।

चिकित्सकमाथि आक्रमणका शृङ्खलाबद्ध घटना विगतमासमेत हुँदै आएका थिए । यसबाट स्वास्थ्यकर्मीको मनोबल र स्वास्थ्य संस्थाको प्रभावकारितामा असर परेको आयोगको ठम्याइ छ।

स्वास्थ्यकर्मी स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकले उपचार गर्न पाउनुपर्ने हकमा असर पर्नाका साथै स्वास्थ्य संस्था धराशायी बन्न पुग्ने सम्भावना रहेको आयोगले जनाएको छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

७ घण्टा अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक