सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

राष्ट्रिय मेलमिलाप दिवस, वीपीजस्ता स्वाभिमानी नेता र आजको काङ्ग्रेस !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-नारायण शर्मा,

पुस १६ गते नेपाली काङ्ग्रेसका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य लगायतका स्वाभिमानी र देशभक्त नेताहरुले राष्ट्रिय मेलमिलापको निम्ति आफ्नो २०२४ देखि २०३३ सम्मको करिब ९ बर्षे लामो भारतीय आप्रवासन छोडेर नेपाल भितृएको एक ऐतिहासिक दिन हो । यो दिन नेपाल, नेपालका राजनीतिक शक्ति, व्यक्ति, संघसंस्था, राज्यव्यवस्था र नेपाली जनता कसैलाई पनि स्वाभिमानी, स्वनिर्भर, सबल, सुदृढ, सुस्थीर, समृद्ध र सक्षम हुन नदिने वा यस्तो भएको देख्न नचाहने भारतीय बिस्तारवादी शासकहरुसङ्गको चरम मतभेद र परम असन्तुष्टीका कारण बिरोध र बिद्रोह स्वरुप उनीहरु निर्वासन परित्याग गरी मातृभूमि फर्केको महत्वपूर्ण दिन पनि हो । वीपीलगायतका ती देशभक्त नेताहरुले देसभक्त नेपाली शक्तिहरु खासगरी राजा र राजतन्त्रवादीहरु र आफूहरुबिच आपसमा मेलमिलाप भै एक सशक्त मोर्चा बनाएर नेपाल राष्ट्र, र नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको संरक्षण र सम्बर्द्धनको लागि लड्नुपर्ने अत्यावश्यक ठाने । तत्पश्चात लोकतन्त्रको लडाइँको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र त्यसको वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्व गरिरहेका वीपीलगायतका केही शीर्षस्थ नेताहरुले राजा, राजावादी र राजतन्त्रवादीहरुलाई देसभक्त ठानेर प्रजातान्त्रिक शक्ति र देसभक्त शक्तिबिच राष्ट्रिय मेलमिलापको रणनीति अनुसार दीर्घकालीन रुपमै अघि बढ्नु पर्नेमा जोड दिएर राष्ट्रिय स्वाधीनताको निम्ति राष्ट्रिय मेलमिलाप गर्ने एकतर्फी घोषणा गर्दै उनीहरु भारत निर्वासनबाट नेपाल फर्किएका थिए १ तर दुखद विडम्बना के भयो भने यसरी विस्तारवादी भारतको निर्वासन त्यागेर आफ्नो मातृभूमि नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको रक्षाको लागि जन्मभूमिमा फर्केका दूरदर्शी प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीसमेतका देशभक्त नेताहरुलाई निरंकुश राजतन्त्र र निर्दलीय पंचायती व्यवस्थाका निर्दयी शासकहरुले निर्लज्जतापूर्वक गिरफ्तार गरी जेल हाले । घोषित रुपमै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको निम्ति भनेर घोषणापत्रमै लेखेका र राष्ट्रिय मेलमिलापको लागि `राजासँग मेरो घाँटी जोडिएको छ´ र `पन्चहरु काङ्ग्रेससँग नतर्स र काङ्ग्रेसहरु पन्चसँग नझस्क´ भन्ने नारा लगाउँदै आएका थिए । यसरी आफ्नो जन्मभूमि फर्केर मिलिजुली देस बचाऔं र बनाऔं भन्ने तुलनात्मक रुपले देसहितको नीति र नियतका साथ नेपाल आएका नेताहरुको नियति भने विडम्बनापूर्ण भयो । त्यस्ता स्वाभिमानी र देशभक्त नेताहरु आफूहरुसँग बात मात्र होइन हात र आँत पनि मिलाउने गरेर आफूहरुमाथिको मृत्युदण्डको पर्वाह पनि नगरी स्वदेश फर्किएका वीर सपुतहरुलाई राजा र उनका पन्चे शासकहरुले शरणको मरण जस्ति अत्यन्त अमानवीय व्यवहार गर्दै त्यसरी जेल, नेल र हत्कडी लाएर राखे । तथापि आखिर पंचायत, राजा र राजतन्त्र समाप्त भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएरै छड्यो । आज गणतन्त्र आएको पनि डेढ दशक पूरा भैसकेको छ भने नेकाले राष्ट्रिय मेलमिलाप दिवस मनाउन थालेको पनि चार दशक नाघिसकेको छ ।

यद्यपि अहिले राजा र राजतन्त्र त व्यक्ति र शक्तिको रुपमा समाप्त भएका छन् तर पनि राजावादी निरङ्कुश, निर्दयी र निर्दलीय चिन्तन र चरित्र नेपाली काङ्ग्रेस मात्र होइन आफूलाई साम्यवादी बताउँदै दसौं बर्ष सशस्त्र संघर्ष समेत गरेर सत्तासीन हुन पुगेका सयौं पात्र र प्रवृत्तिमा पनि कैयौं गुणा बढेर गैरहेको छ १ अथवा यसो भनौं आज एउटा राजतन्त्रको स्थानमा धेरै दलतन्त्ररकुलीनतन्त्र वा भीडतन्त्र कृयाशील छन् भने एउटा राजाका सट्टामा हजार राजा भएका छन् । यो अवस्थामा एउटा राजा र राजतन्त्रले हिजो गरेजत्तिको राष्ट्रियताको संरक्षण के आज यति धेरै राजा(महाराजाहरु र दलतन्त्रहरुले गरेका छन् त रु प्रश्न निकै नै गम्भीर छ । दुखको कुरा के छ भने राजा, राजतन्त्र र पंचायती व्यवस्था कमजोर हुँदै अन्त्यसम्म आइपुगेयता नेपालप्रतिको भारतीय बिस्तारवादी हुकुम/हैकम, शोषण(उत्पीडन, आक्रमण(हस्तक्षेप र उपेक्षा/अपहेलना दिनप्रतिदिन झन्झ/न् बढेर गएको छ १ यो स्थितिमा नेकाले राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको अर्थ, औचित्य, महत्व र सान्दर्भिकता के कति र कहाँ छ भन्ने प्रश्न पनि अत्यन्त ज्वलन्त बनेर आएको छ १ तसर्थ अब नेकाले यो दिवस मनाउँदै गर्दा स्पष्ट गर्नु पर्दछ कि अब नेका पूर्व राजा र राजतन्त्रवादीहरुसङ्ग मिलेर जान्छ र कम्युनिष्टहरुका विरुद्ध लड्छ कि वीपी र नेकाको यसैदिनमा घोषित राष्ट्रिय मेलमिलापको नीतिअनुसार भारतीय शोषण(दमनविरुद्ध लड्छ रु देसको निम्ति हिजो त्यसरी लड्ने वीपीलगायतका उपरोक्त देशभक्त नेताहरुका मति र गतिलाई आज देउवा र उनको नेतृत्वको नेकाले निरन्तरता र गुणात्मकता दिन्छ त रु के गर्छ रु यो एउटा यक्ष प्रश्न आज नेकाका अगाडि खडा भएको छ !
यदी साँच्चै नेका र यसका ती नेताहरुले नेपालको राष्ट्रियता खतरामा भएको हुनाले नै राष्ट्रिय मेलमिलापको नारा अघि सारेको थियो र आज त झन् राष्ट्रियता दिनप्रतिदिन अझ गभीर खतरामा पर्दै गएकोले अद्यापि यो नारा कारगर छ भन्ने ठान्छ भने उसले राष्ट्रवादी(देसभक्त मानेका शक्ति राजा र राजतन्त्र आज समाप्त भैसकेकाले उनीहरुसङ्ग मेलमिलाप गर्ने कुरा त भएन, तरपनि सच्चा वामपन्थी, कम्युनिस्ट र क्रान्तिकारी लगायतका अन्य सबै सच्चा देसभक्त तथा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुसित मोर्चा बनाएर नेपाल र नेपालीलाई भारत लगायतका प्रभुत्ववादी शक्तिहरुको अतिक्रमण र हस्तक्षेपबाट मुक्त गर्ने दिशातिर सोच्नुपर्छ । यदि उसले यसरी सोंच्छ र वैदेशिक हस्तक्षेपका विरुद्ध लड्छ भने मात्र उसले एक स्वतन्त्र, स्वाधीन र सम्प्रभुता सम्पन्न देस निर्माण र विकास गर्न सक्ने आधार तयार होला । अनिमात्र राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको अर्थ र औचित्य पनि सार्थक होला ! अन्यथा राष्ट्रिय मेलमिलापको उद्देश्य र अभिप्राय राजा वा राजावादीरराजतन्त्रवादी जो जे जस्ता छन् तिनै शक्तिहरुसङ्ग मिल्नु र सत्ताको स्वाद र सुखसयलमा डुबुल्की लगाउनु मात्र थियो र हो भने आज राजा र राजतन्त्र नभए पनि पुरानै राजा र राजतन्त्रलाई फर्काउन चाहने पुनरुत्थानवादी राजावादीरराजतन्त्रवादी शक्तिहरु एवम् सत्ता र शक्तिको उन्मादले उन्मत्त भएका नयाँ राजा बनिरहेका र नयाँ राजतन्त्रको स्थापना गर्न उद्धत वाम वा काम नामका शक्तिरगुटरउपगुटरग्याङ्गरगिरोह आदिसङ्ग मेलमिलाप गरेर पुरानै वा नयाँ रुप र रङ्गका राजा र राजतन्त्रलाई पुनर्स्थापनामा लाग्नु पर्ने हुन्छ १ यस्तो विपरीत र विकृत विडम्बना भएछ भने आजको नेका र यसका नेता(कार्यकर्ताहरुलाई एकातिर हिजो राष्ट्रिय मेलमिलाप गरौं भन्दै आत्मसमर्पण गर्दा पनि राजावादीहरुको अहंकार, पूर्वाग्रह र प्रतिशोधले गर्दा शरणको मरण गर्ने जस्तो अमानवीय कार्वाही स्वरुप जेलनेल, हत्कडी, यातना र अपमानको पराकाष्ठा प्रदर्शन गरेका तिनै लोकतन्त्रका निसानाहरुसङ्ग ढुक्नु, भुक्नु, झुक्नु र चुक्नु पर्ने बिडम्बनापूर्ण अवस्था हुन्छ भने अर्कातिर यति गर्दा पनि देसलाई भने भारतीय प्रभाव र दवावमा परिरहनै पर्ने अर्थात् उसको औपनिवेशिक शोषण(उत्पीडन र माइक्रो म्यानेजमेन्टबाट समेत प्रताडित भैरहनु पर्नेजस्तो सर्वाधिक दुखद विडम्बना हुनेछ । त्यो अवस्थामा हिजो वीपी स्वयंले समेत भारतका शासकको अपहेलना सहन नसकेर राष्ट्रिय मेलमिलापको नाममा `राजा र मेरो घाँटी जोडिएको छ` भन्दै राजा र राजतन्त्रसङ्ग आत्मसमर्पण गरेझैं आज नेका नामको शेरबहादुर एन्ड कम्पनीले एकातिर नयाँ वा पुराना राजावादीहरुसित आत्मसमर्पण गरेर लोकतन्त्रको एक सुन्दर स्वरुप गणतन्त्रलाई मसानघाट पुराई राजा र राजतन्त्रको पुनर्स्थापना गर्नको लागि आफूलाई प्रतिगामी र पुनरुत्थानवादीको रुपमा उभ्याउनु पर्ने र अर्कातिर पुनस् ूभारत र भारतीय शासक वर्गसङ्ग हाम्रो आन्द्रा गाँसिएको छू भन्दै हिजो आफू र आफ्ना शीर्षस्थ नेताहरुलाई शरणको मरण गर्ने तिनै भारतीय उपनिवेशवादी अपराधी शासकहरुसङ्ग आत्मसमर्पण गर्नुपर्ने दुखदतम् स्थिति हुन्छ ।
वास्तवमा आज पनि नेपाल वैदेशिक हुकुम, हैकम र हस्तक्षेपबाट अझै मुक्त, स्वतन्त्र, स्वाधीन, स्वाभिमान र सार्वभौम राष्ट्रको रुपमा बाँच्न, हाँस्न र नाच्न पाएको छैन बरु दिनप्रतिदिन झन्झन् चौतर्फी खुला र नाङ्गो हस्तक्षेपको शिकार भैरहेको छ । तसर्थ यो सन्दर्भमा नेकाको लागि सही, सपाट, सरल, सुन्दर र सुखद बाटो भनेको आफ्ना वीपीलगायतका संस्थापक, शीर्ष र अग्रज नेताहरुले तय गरेको देसभक्त र जनवादी ९लोकतान्तृक० राष्ट्रिय शक्तिहरुको बीचमा राष्ट्रवादी, लोकतन्त्रवादी र कम्युनिस्ट क्रान्तिकारी जस्ता सच्चा देसभक्त शक्तिहरु बिच सही मेलमिलाप गरी एउटा संयुक्त र सशक्त मोर्चा बनाएरनै राष्ट्रिय स्वत्व, अस्तित्व र अस्मिताको रक्षा गर्नु पर्छ । यसरी र खर्च खालि यसरी मात्रै नेपाल राष्ट्र, नेपाली राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र अखण्डताको रक्षा गरी एक स्वतन्त्र, आत्मनिर्भर, सबल, सक्षम र समुन्नत नेपाल बनाउने संस्थापक नेताहरुको सपना र जपना पूरा गर्न सकिन्छ । यसो हो भने अबका देसभक्तहरु सबैसङ्ग मेलमिलाप र मोर्चा गरी यसै दिशामा अघि बढ्नु पर्ने हुन्छ ! अनि मात्र पुस १६ को राष्ट्रिय मेलमिलाप दिवस र यो दिवस मनाउनुको सार्थकता हुन्छ भन्ने लाग्दछ ! अस्तु !!

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

६ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

खोला किनारमा रहेको विद्यालयका सरसामानहरू हटाउन थाले

एन्फा पदाधिकारी विदेश जान नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक