-नारायण शर्मा,
पुस १६ गते नेपाली काङ्ग्रेसका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य लगायतका स्वाभिमानी र देशभक्त नेताहरुले राष्ट्रिय मेलमिलापको निम्ति आफ्नो २०२४ देखि २०३३ सम्मको करिब ९ बर्षे लामो भारतीय आप्रवासन छोडेर नेपाल भितृएको एक ऐतिहासिक दिन हो । यो दिन नेपाल, नेपालका राजनीतिक शक्ति, व्यक्ति, संघसंस्था, राज्यव्यवस्था र नेपाली जनता कसैलाई पनि स्वाभिमानी, स्वनिर्भर, सबल, सुदृढ, सुस्थीर, समृद्ध र सक्षम हुन नदिने वा यस्तो भएको देख्न नचाहने भारतीय बिस्तारवादी शासकहरुसङ्गको चरम मतभेद र परम असन्तुष्टीका कारण बिरोध र बिद्रोह स्वरुप उनीहरु निर्वासन परित्याग गरी मातृभूमि फर्केको महत्वपूर्ण दिन पनि हो । वीपीलगायतका ती देशभक्त नेताहरुले देसभक्त नेपाली शक्तिहरु खासगरी राजा र राजतन्त्रवादीहरु र आफूहरुबिच आपसमा मेलमिलाप भै एक सशक्त मोर्चा बनाएर नेपाल राष्ट्र, र नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको संरक्षण र सम्बर्द्धनको लागि लड्नुपर्ने अत्यावश्यक ठाने । तत्पश्चात लोकतन्त्रको लडाइँको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र त्यसको वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्व गरिरहेका वीपीलगायतका केही शीर्षस्थ नेताहरुले राजा, राजावादी र राजतन्त्रवादीहरुलाई देसभक्त ठानेर प्रजातान्त्रिक शक्ति र देसभक्त शक्तिबिच राष्ट्रिय मेलमिलापको रणनीति अनुसार दीर्घकालीन रुपमै अघि बढ्नु पर्नेमा जोड दिएर राष्ट्रिय स्वाधीनताको निम्ति राष्ट्रिय मेलमिलाप गर्ने एकतर्फी घोषणा गर्दै उनीहरु भारत निर्वासनबाट नेपाल फर्किएका थिए १ तर दुखद विडम्बना के भयो भने यसरी विस्तारवादी भारतको निर्वासन त्यागेर आफ्नो मातृभूमि नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको रक्षाको लागि जन्मभूमिमा फर्केका दूरदर्शी प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीसमेतका देशभक्त नेताहरुलाई निरंकुश राजतन्त्र र निर्दलीय पंचायती व्यवस्थाका निर्दयी शासकहरुले निर्लज्जतापूर्वक गिरफ्तार गरी जेल हाले । घोषित रुपमै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको निम्ति भनेर घोषणापत्रमै लेखेका र राष्ट्रिय मेलमिलापको लागि `राजासँग मेरो घाँटी जोडिएको छ´ र `पन्चहरु काङ्ग्रेससँग नतर्स र काङ्ग्रेसहरु पन्चसँग नझस्क´ भन्ने नारा लगाउँदै आएका थिए । यसरी आफ्नो जन्मभूमि फर्केर मिलिजुली देस बचाऔं र बनाऔं भन्ने तुलनात्मक रुपले देसहितको नीति र नियतका साथ नेपाल आएका नेताहरुको नियति भने विडम्बनापूर्ण भयो । त्यस्ता स्वाभिमानी र देशभक्त नेताहरु आफूहरुसँग बात मात्र होइन हात र आँत पनि मिलाउने गरेर आफूहरुमाथिको मृत्युदण्डको पर्वाह पनि नगरी स्वदेश फर्किएका वीर सपुतहरुलाई राजा र उनका पन्चे शासकहरुले शरणको मरण जस्ति अत्यन्त अमानवीय व्यवहार गर्दै त्यसरी जेल, नेल र हत्कडी लाएर राखे । तथापि आखिर पंचायत, राजा र राजतन्त्र समाप्त भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएरै छड्यो । आज गणतन्त्र आएको पनि डेढ दशक पूरा भैसकेको छ भने नेकाले राष्ट्रिय मेलमिलाप दिवस मनाउन थालेको पनि चार दशक नाघिसकेको छ ।
यद्यपि अहिले राजा र राजतन्त्र त व्यक्ति र शक्तिको रुपमा समाप्त भएका छन् तर पनि राजावादी निरङ्कुश, निर्दयी र निर्दलीय चिन्तन र चरित्र नेपाली काङ्ग्रेस मात्र होइन आफूलाई साम्यवादी बताउँदै दसौं बर्ष सशस्त्र संघर्ष समेत गरेर सत्तासीन हुन पुगेका सयौं पात्र र प्रवृत्तिमा पनि कैयौं गुणा बढेर गैरहेको छ १ अथवा यसो भनौं आज एउटा राजतन्त्रको स्थानमा धेरै दलतन्त्ररकुलीनतन्त्र वा भीडतन्त्र कृयाशील छन् भने एउटा राजाका सट्टामा हजार राजा भएका छन् । यो अवस्थामा एउटा राजा र राजतन्त्रले हिजो गरेजत्तिको राष्ट्रियताको संरक्षण के आज यति धेरै राजा(महाराजाहरु र दलतन्त्रहरुले गरेका छन् त रु प्रश्न निकै नै गम्भीर छ । दुखको कुरा के छ भने राजा, राजतन्त्र र पंचायती व्यवस्था कमजोर हुँदै अन्त्यसम्म आइपुगेयता नेपालप्रतिको भारतीय बिस्तारवादी हुकुम/हैकम, शोषण(उत्पीडन, आक्रमण(हस्तक्षेप र उपेक्षा/अपहेलना दिनप्रतिदिन झन्झ/न् बढेर गएको छ १ यो स्थितिमा नेकाले राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको अर्थ, औचित्य, महत्व र सान्दर्भिकता के कति र कहाँ छ भन्ने प्रश्न पनि अत्यन्त ज्वलन्त बनेर आएको छ १ तसर्थ अब नेकाले यो दिवस मनाउँदै गर्दा स्पष्ट गर्नु पर्दछ कि अब नेका पूर्व राजा र राजतन्त्रवादीहरुसङ्ग मिलेर जान्छ र कम्युनिष्टहरुका विरुद्ध लड्छ कि वीपी र नेकाको यसैदिनमा घोषित राष्ट्रिय मेलमिलापको नीतिअनुसार भारतीय शोषण(दमनविरुद्ध लड्छ रु देसको निम्ति हिजो त्यसरी लड्ने वीपीलगायतका उपरोक्त देशभक्त नेताहरुका मति र गतिलाई आज देउवा र उनको नेतृत्वको नेकाले निरन्तरता र गुणात्मकता दिन्छ त रु के गर्छ रु यो एउटा यक्ष प्रश्न आज नेकाका अगाडि खडा भएको छ !
यदी साँच्चै नेका र यसका ती नेताहरुले नेपालको राष्ट्रियता खतरामा भएको हुनाले नै राष्ट्रिय मेलमिलापको नारा अघि सारेको थियो र आज त झन् राष्ट्रियता दिनप्रतिदिन अझ गभीर खतरामा पर्दै गएकोले अद्यापि यो नारा कारगर छ भन्ने ठान्छ भने उसले राष्ट्रवादी(देसभक्त मानेका शक्ति राजा र राजतन्त्र आज समाप्त भैसकेकाले उनीहरुसङ्ग मेलमिलाप गर्ने कुरा त भएन, तरपनि सच्चा वामपन्थी, कम्युनिस्ट र क्रान्तिकारी लगायतका अन्य सबै सच्चा देसभक्त तथा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुसित मोर्चा बनाएर नेपाल र नेपालीलाई भारत लगायतका प्रभुत्ववादी शक्तिहरुको अतिक्रमण र हस्तक्षेपबाट मुक्त गर्ने दिशातिर सोच्नुपर्छ । यदि उसले यसरी सोंच्छ र वैदेशिक हस्तक्षेपका विरुद्ध लड्छ भने मात्र उसले एक स्वतन्त्र, स्वाधीन र सम्प्रभुता सम्पन्न देस निर्माण र विकास गर्न सक्ने आधार तयार होला । अनिमात्र राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको अर्थ र औचित्य पनि सार्थक होला ! अन्यथा राष्ट्रिय मेलमिलापको उद्देश्य र अभिप्राय राजा वा राजावादीरराजतन्त्रवादी जो जे जस्ता छन् तिनै शक्तिहरुसङ्ग मिल्नु र सत्ताको स्वाद र सुखसयलमा डुबुल्की लगाउनु मात्र थियो र हो भने आज राजा र राजतन्त्र नभए पनि पुरानै राजा र राजतन्त्रलाई फर्काउन चाहने पुनरुत्थानवादी राजावादीरराजतन्त्रवादी शक्तिहरु एवम् सत्ता र शक्तिको उन्मादले उन्मत्त भएका नयाँ राजा बनिरहेका र नयाँ राजतन्त्रको स्थापना गर्न उद्धत वाम वा काम नामका शक्तिरगुटरउपगुटरग्याङ्गरगिरोह आदिसङ्ग मेलमिलाप गरेर पुरानै वा नयाँ रुप र रङ्गका राजा र राजतन्त्रलाई पुनर्स्थापनामा लाग्नु पर्ने हुन्छ १ यस्तो विपरीत र विकृत विडम्बना भएछ भने आजको नेका र यसका नेता(कार्यकर्ताहरुलाई एकातिर हिजो राष्ट्रिय मेलमिलाप गरौं भन्दै आत्मसमर्पण गर्दा पनि राजावादीहरुको अहंकार, पूर्वाग्रह र प्रतिशोधले गर्दा शरणको मरण गर्ने जस्तो अमानवीय कार्वाही स्वरुप जेलनेल, हत्कडी, यातना र अपमानको पराकाष्ठा प्रदर्शन गरेका तिनै लोकतन्त्रका निसानाहरुसङ्ग ढुक्नु, भुक्नु, झुक्नु र चुक्नु पर्ने बिडम्बनापूर्ण अवस्था हुन्छ भने अर्कातिर यति गर्दा पनि देसलाई भने भारतीय प्रभाव र दवावमा परिरहनै पर्ने अर्थात् उसको औपनिवेशिक शोषण(उत्पीडन र माइक्रो म्यानेजमेन्टबाट समेत प्रताडित भैरहनु पर्नेजस्तो सर्वाधिक दुखद विडम्बना हुनेछ । त्यो अवस्थामा हिजो वीपी स्वयंले समेत भारतका शासकको अपहेलना सहन नसकेर राष्ट्रिय मेलमिलापको नाममा `राजा र मेरो घाँटी जोडिएको छ` भन्दै राजा र राजतन्त्रसङ्ग आत्मसमर्पण गरेझैं आज नेका नामको शेरबहादुर एन्ड कम्पनीले एकातिर नयाँ वा पुराना राजावादीहरुसित आत्मसमर्पण गरेर लोकतन्त्रको एक सुन्दर स्वरुप गणतन्त्रलाई मसानघाट पुराई राजा र राजतन्त्रको पुनर्स्थापना गर्नको लागि आफूलाई प्रतिगामी र पुनरुत्थानवादीको रुपमा उभ्याउनु पर्ने र अर्कातिर पुनस् ूभारत र भारतीय शासक वर्गसङ्ग हाम्रो आन्द्रा गाँसिएको छू भन्दै हिजो आफू र आफ्ना शीर्षस्थ नेताहरुलाई शरणको मरण गर्ने तिनै भारतीय उपनिवेशवादी अपराधी शासकहरुसङ्ग आत्मसमर्पण गर्नुपर्ने दुखदतम् स्थिति हुन्छ ।
वास्तवमा आज पनि नेपाल वैदेशिक हुकुम, हैकम र हस्तक्षेपबाट अझै मुक्त, स्वतन्त्र, स्वाधीन, स्वाभिमान र सार्वभौम राष्ट्रको रुपमा बाँच्न, हाँस्न र नाच्न पाएको छैन बरु दिनप्रतिदिन झन्झन् चौतर्फी खुला र नाङ्गो हस्तक्षेपको शिकार भैरहेको छ । तसर्थ यो सन्दर्भमा नेकाको लागि सही, सपाट, सरल, सुन्दर र सुखद बाटो भनेको आफ्ना वीपीलगायतका संस्थापक, शीर्ष र अग्रज नेताहरुले तय गरेको देसभक्त र जनवादी ९लोकतान्तृक० राष्ट्रिय शक्तिहरुको बीचमा राष्ट्रवादी, लोकतन्त्रवादी र कम्युनिस्ट क्रान्तिकारी जस्ता सच्चा देसभक्त शक्तिहरु बिच सही मेलमिलाप गरी एउटा संयुक्त र सशक्त मोर्चा बनाएरनै राष्ट्रिय स्वत्व, अस्तित्व र अस्मिताको रक्षा गर्नु पर्छ । यसरी र खर्च खालि यसरी मात्रै नेपाल राष्ट्र, नेपाली राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र अखण्डताको रक्षा गरी एक स्वतन्त्र, आत्मनिर्भर, सबल, सक्षम र समुन्नत नेपाल बनाउने संस्थापक नेताहरुको सपना र जपना पूरा गर्न सकिन्छ । यसो हो भने अबका देसभक्तहरु सबैसङ्ग मेलमिलाप र मोर्चा गरी यसै दिशामा अघि बढ्नु पर्ने हुन्छ ! अनि मात्र पुस १६ को राष्ट्रिय मेलमिलाप दिवस र यो दिवस मनाउनुको सार्थकता हुन्छ भन्ने लाग्दछ ! अस्तु !!

