काठमाडौं । सुकुमवासी बस्ती हटाउने क्रममा मनोहरास्थित खोला किनारमा रहेको विद्यालयका सरसामानहरू सुरक्षाकर्मीले हटाउन सहयोग गरेका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मनोहरामा रहेको सरस्वती आधारभूत विद्यालयको सरसामानहरू अहिले सुरक्षाकर्मीहरूले सारिरहेका छन् । विद्यालयमा रहेका फर्निचरदेखि पुस्तक, कापीहरू तथा स्टेशनरीका सामानहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सारिरहेका छन् । उक्त विद्यालय पनि सरकारी जग्गामा परेकाले हटाउने काम भइरहेको छ ।
अहिले २ हजार भन्दा बढी सुरक्षाकर्मीको उपस्थितिमा मनोहरा क्षेत्रको सुकुमवासी बस्ती हटाउने काम भइरहेको छ । हिजो शनिबार प्रहरीमाथि आक्रमण भएपछि आज आइतबार भने ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थितिमा बस्ती हटाउने काम भइरहेको छ ।


