मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश गरेको छ। सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त भएको छ।

कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्षाका कारण खेल ४२ ओभरमा झारिएको थियो। पाकिस्तानले दिएको २५३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरको अन्तिम दुई बलमा दुई चौका प्रहार गर्दै सनसनीपूर्ण ढंगले खेल जितेको थियो। अन्तिम दुई बलमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो। स्ट्राइकमा थिए चारिथ असलंका र प्रमोद मदुशन। ४०.५ ओभरमा शाहिन अफ्रिदीको बलिङमा दुनिथ वेल्लालेज आउट भएपछि प्रमोद आएका थिए।

पाकिस्तानबाट अन्तिम ओभर बलिङ गर्न कप्तान बाबर आजमले जमन खानलाई पठाए। ४१ औं ओभरको समाप्तिमा श्रीलंकाले २४४ रन बनाएको थियो। अन्तिम ओभरको ६ बलमा उसलाई जितका लागि ८ रन आवश्यक थियो। ८ रन आवश्यक रहेको ओभरको पहिलो बलमा प्रमोदले एक रन प्रहार गर्दै असलंकालाई स्ट्राइक दिए। दोस्रो बल डट भयो। तेस्रो बलमा एक रन हान्दै असलंकाले प्रमोदलाई स्ट्राइक दिए। अन्तिम तीन बल मात्रै बाँकी रहँदा सेट नभइसकेका प्रमोद स्ट्राइकमा रहेकाले श्रीलंका उच्च दबाबमा देखिन्थ्यो तर त्यहाँ अशलंकाले दिमाग घुमाए। जसको परिणाम सकारात्मक पनि आयो।

चौथो बलमा जमनको बल प्रमोदको ब्याटमा छुनेबित्तिकै अशलंका रन लिन दौडिए। बल पिचमै रहेकाले प्रमोदले रन लिन भ्याएनन् र अशलंकालाई स्ट्राइक दिएर आउट भए। स्ट्राइकमा आएका अशलंकाले अन्तिम दुई बलमा दुई चौका प्रहार गर्दै श्रीलंकालाई फाइनल पुर्‍याउन सफल भए।

श्रीलंकाविरूद्धको खेलमा पाकिस्तानको फिल्डिङ अत्यन्तै फितलो देखिएको थियो। अन्तिमको दोस्रो बल कमजोर फिल्डिङका कारण चौका हुन पुगेको थियो। तीव्र गतिका बलर नशिम शाह र हरिश रौफले चोटका कारण श्रीलंकाविरूद्धको खेल गुमाएका थिए। उनीहरूको कमि खेलमा प्रष्ट देखिएको थियो। खेलमा श्रीलंकाका कुशल मेन्डिसले ९१ रन बनाए। ८७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। अशलंकाले नट आउट ४९ रन सदिरा समरविकर्मले ४८ पथुम निसंकाले २९ र कुशल परेराले १७ रन बनाएका थिए। बलिङमा पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन अफ्रिदीले २ र शादब खानले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा८ विकेट गुमाएर २५२ रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८६ रन बनाए। उनी ७३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै नटआउट रहे। ओपनर अबदुल्लाह शाफिकले ५२ रन क्पतान बाबर आजमले २९ रन बनाउँदा इफ्तिखर अहमदले ४७ रन जोडे। अन्य ब्याटर सस्तोमै आउट भएका थिए।

बलिङमा श्रीलंकाका मथिशा पथिरनाले ३, प्रमोद मदुशनले २, महिश थिकशाना र दुनिथ वेल्लालेजले एकरएक विकेट लिए। जितसँगै श्रीलंका एसिया कपको फाइलन पुगेको छ। आइतबार श्रीलंकाले भारतसँग उपाधिका लागि खेल्नेछ।

यो पनि पढ्नुहोस्

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

३ घण्टा अगाडि
नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक