मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ विद्युतीय  गाडी एमजी फोर ईभी सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नयाँ विद्युतीय  गाडी एमजी फोर ईभी सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सले नेपाली बजारमा आफ्नो नयाँ विद्युतीय  गाडी एमजी फोर ईभी सार्वजनिक गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नेपालका लागि कम्पनीको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभी सार्वजनिक गरेको हो ।

कम्पनीले यो मोडेलको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ राखेको छ । इलेक्ट्रिक प्लेटफर्ममा बनेको कम्पनीको पहिलो इलेक्ट्रिक कार हो, एमजी फोर ईभी । नेपालमा यो मोडेल विभिन्न दुई भेरियन्टमा उपलब्ध भएको छ; एउटा कम्फर्ट र अर्को लक्जरी ।

कम्फर्ट भेरियन्टको रेन्ज ३२० किलोमिटर छ । यसमा ५१ किलोवाट क्षमताको ब्याट्री राखिएको छ । ९९ किलोवाट क्षमताको मोटर रहेको यो गाडीको मूल्य कम्पनीले ४१ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै लक्जरी भेरियन्टको एमजी फोर ईभीको रेञ्ज ४३५ किलोमिटर रहेको कम्पनीको दाबी छ । यसमा ६४ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोवाट आवर क्षमताको मोटर राखिएको छ । कम्पनीले यो भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

यो मोडेलको लम्बाइ ४२८७ एमएम, चौडाइ १८३६ एमएम र उचाइ १५०४ एमएम रहेको छ । त्यस्तै एमजी फोर ईभीको ह्विलबेस २७०५ एमएम छ ।

कम्पनीका अनुसार शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पिड तय गर्न यो गाडीले ८.५ सेकेन्ड लगाउँछ । २५० एनएम उच्चतम टर्क रहेको यो गाडीमा सात किलोवाट क्षमताको अन बोर्ड चार्जर दिइएको छ । कम्पनीका अनुसार यसको उच्चतम स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो गाडीमा एबीएस र ईबीडी ब्रेकिङ सिस्टम, फ्रन्ट साइड एयरब्याग, फ्रन्ट डुअल एयरब्याग, फ्रन्ट प्यासेन्जर एयरब्याग डिएक्टिभेसन स्विच, टायर प्रेसर मनिटरिङ- टीपीएमएस सिस्टम, ईएसपी, हिल लन्च असिस्ट, ईबीए, ड्राइभर्स सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरू रहेका छन् ।

क्लाइमेट कन्ट्रोल, मोबाइल फोन ब्लुटुथ कि, १७ इन्चको फुल डिजिटल ड्राइभर इन्फरमेसन डिस्प्ले अटो,  भेहिकल टु लोड चार्जिङ जस्ता सुविधा पनि यसमा पाउन सकिनेछ । यसमा चार ओटा स्पिकर अडियो सिस्टम, छ ओटा स्पिकर अडियो सिस्टम विथ थ्रीडी साउन्ड, डीएबी प्लस रेडियो, १०.२५ इन्च फ्लोटिङ कलर टचस्क्रिन, दुई ओटा यूएसबी पोर्ट, एप्पल कार प्ले, एन्डोइड अटो जस्ता फिचरहरू समावेश छन् । लक्जरी भेरियन्टमा ३६० डिग्री पार्किङ क्यामेरा र वायरलेस मोबाइल फोन चार्जरको सुविधा छ भने कम्फर्ट भर्सनमा यी दुवै सुविधा राखिएका छैनन् ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्याे सेयर काराेबार

१ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक