जनकपुरधाम – धनुषा प्रहरीले स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारत बिहारको दरभंगाका २० वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जनकपुरधामबाट चेकजाँचको लागि खटिएको संयुक्त टोलीले युवकलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
युवकलाई चेकजाँच गर्दा पिठ्युँमा बोकेको कालो रंगको झोलाबाट नेपाली रकम १ हजार दरका नोट १ हजार ८५० थान र ५ पाँच सय दरका नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।


