मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ । कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्री बस्नेत यही भदौ १९ देखि २२ गतेसम्म कायरोमा आयोजना भइरहेको स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिने सिलसिलामा इजिप्ट भ्रमणमा रहेका छन् । भेटका अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिको चर्चा गर्दै जारी सम्मेलनले सहभागी मुलुकहरूबीच अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि उपयुक्त अवसर प्रदान गरेको उल्लेख गरे ।

इजिप्ट सरकारले चिकित्सा विज्ञानलगायत विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकामा आभार प्रकट गर्दै उनले आगामी दिनमा दुई देशबीच कायम रहिआएको आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

इजिप्टका मन्त्री डा।गफारले नेपाल र इजिप्टबीच मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध कायम रहिआएको बताउँदै सम्मेलनमा मन्त्री बस्नतेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको दूतावासले जनाएको छ ।

उनले दुवै देशबीच स्वास्थ्य तथा जनसङ्ख्यालगायत विभिन्न क्षेत्रमा सहयोग विस्तारको सम्भावना रहेको बताए । भेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा र इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल सहभागी रहेका थिए ।

यसैबीच, मन्त्री बस्नेत बुधबार नेपाली राजदूतावासद्वारा आयोजित कायरोमा रहेका नेपालीसँगको अन्तरक्रियामा सहभागी भए । उक्त अवसरमा उनले नेपाल तथा इजिप्टबीच चिकित्सा तथा कृषि जस्ता क्षेत्रमा सहयोग अभिवृद्धिको प्रशस्त सम्भावना औंल्याए । RSS

यो पनि पढ्नुहोस्

यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

१ मिनेट अगाडि
आज नेवार समुदायमा म्हपूजा

आज नेवार समुदायमा म्हपूजा

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

आज नेवार समुदायमा म्हपूजा

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक