मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर छः प्रधानमन्त्री प्रचण्ड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
माओवादी एजेण्डाको बलमा पछिल्लो पटक प्रधानमन्त्री भएँः दाहाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।

ड्राइभिङ स्कूल संघ, नेपालका पदाधिकारीहरूले पेस गर्नुभएको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ड्राइभिङ स्कूल संघले प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापनपत्रको पूर्णपाठ यसप्रकार रहेको छः- सम्माननीय प्रधानमन्त्री ज्यू प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार काठमाण्डौ, नेपाल बिषयः ज्ञापन पत्र सम्बन्धमा ।

महोदय् प्रस्तुत विषयमा देशमा विद्यमान रहेको वेरोजगार समस्याहरुको हल होस् तथा सवारी दुर्घटना न्युनिकरण भई धनजनको क्षतिहुनबाट बचाउने उद्देश्यका साथ हामी ड्राइभिङ्ग स्कुल संचालकहरुले ड्राइभिङ्ग सीप सिकाउने समान उद्देश्यका व्यवसायीहरु मिलेर विधिवत रुपमा ड्राइभिङ्ग स्कुल संघ नेपाल दर्तागरी यस संघको छातामा रहेर नेपाल सरकारका बिभिन्न निकायमा दर्ता तथा अनुमति लिई ड्राइभिङ्ग स्कुल संचालन गर्दै आएको कुरा अवगत गराउदछौं । वेरोजगार युवा युवतीहरुलाई सवारी चालक प्रशिक्षण गराई स्वदेश तथा विदेशमा समेत रोजगार सृजनागराउदै देशको आर्थिक अवस्थालाई मजबुत बनाउन आवश्यक वातावरण बनाई थप शसक्त रुपमा अगाडि बढाउने लक्ष्य सहित हाम्रो ड्राइभिङ्ग स्कुल संघले तपशिल बमोजिमका समस्याहरुलाई समाधानको वातावरण बनाई विद्यमान अवस्थामा रहेका ऐन नियम संशोधन गर्नुपर्ने भए ऐन नियम संशोधन गरी कार्यन्वयन गरिदिनुहुन सम्माननिय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं ।

तपसिल

१) सवारी चालक अनुमति पत्र (लाईसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ्ग प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाण पत्र पेश गर्नुपर्ने प्रावधान सरकारले खारेज गर्दा दक्ष सवारी चालकको उत्पादनमा कमि आई अत्याधिक दुर्घटना भएर धनजनको ठुलो क्षति भईरहेकोले सवारी चालक अनुमति पत्र लिनको लागी ड्राइभिङ्ग तालिम तथा सिकेको प्रमाण पत्र अनिवार्य गराइयोस् ।

२) सवारी चालक प्रशिक्षण केन्द्रको लागि प्रशिक्षण कार्यमा प्रयोगहुने सवारी साधनहरुमा पनि निजि तथा सामुदायिक विद्यालय सरह भन्सार शुल्कमा छुट तथा सवारी साधनहरुको रंग एउटै हुने व्यावस्था मिलाइयोस् ।

३) सबै प्रशिक्षण केन्द्रहरुले प्रशिक्षण प्रयोजनको लागि छुट्टा छुट्टै प्रशिक्षण स्थल बनाई प्रयोग गर्दा अत्याधिक मात्रामा खेती योग्य जमिन मासिने भएकोले प्रशिक्षण स्थल साझा रुपमा प्रयोग गर्न पाउने व्यावस्था गराइयोस् ।

४) विदेशको तुलनामा नेपालमा सावरी साधन बाट अत्यधिक दुर्घटना हुने हुदा यहाँका ड्राइभिङ्ग प्रशिक्षण केन्द्रहरुलाई समय समयमा यस सम्बन्धी तालिम, अध्ययन, लागी स्वदेश तथा बिदेश अवलोकन गर्ने प्रावधान मिलाईयोस।

५) सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षा तथा अन्य निति नियम र नियमावली सम्बन्धी कार्यमा ड्राइभिङ्ग स्कुल संघको तर्फबाट पनि बिज्ञको प्रतिनिधित्व हुने व्यावस्था मिलाइयोस् ।

६) ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता नविकरण प्रत्येक ५÷५ वर्षमा नविकरण गर्ने व्यवस्था मिलाईयोस् ।

७) सवारी चालक अनुमति पत्र नविकरणको म्याद ५ वर्षको सट्टा त्यसलाई १० वर्षको नविकरण हुने व्यावस्था मिलाइयोस् । साथै विदेशमा रहेको नेपालीहरुलाई विदेशबाट नै नविकरण गर्न मिल्ने व्यवस्था गराईयोस ।

८) ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता तथा नविकरण गर्दा नेपाल सरकारबाट अनिवार्य गरिएको मेकानिकल सुपरभाईजर र मेकानिकल इन्जिनियर आवश्यक नभएकोले सो ब्यवस्था हटाइयोस् ।

९) दर्ता नविकरण नभएका व्यक्ति, समुह बाट पनि ड्राइभिङ्ग प्रशिक्षणको कार्य गराई रहेको र यसमा राज्यमौन रहेको हुदा दर्ता नविकरण गरी राज्यलाई कर तिर्ने व्यवसायीको व्यवसाय धरापमा परेकोले यस्तो कार्यको अनुगमन गरी त्यस्ता व्यक्ति, समुहहरुलाई तुरुन्त कारवाही गरियोस् ।

१०) सवारी चालक अनुमती पत्र नयाँ तथा नविकरण, प्रतिलिपि, वर्ग थप गरेको १,२ वर्षसम्म पनि सवारी चालक अनुमती पत्र वितरण नभएकोले यस कार्यलाई सबै प्रदेश कार्यलय मार्फत प्रिन्ट गराई यसलाई एक हप्ताभित्रमा नै दिने व्यवस्था मिलाईयोस ।

११) सवारी चालक अनुमती पत्रको लिखित परिक्षामा असफल भएपश्चात ९० दिनसम्म परिक्षामा सहभागी हुन नपाउने व्यवस्थाको अन्त्य गरियोस ।

१२) लिखित परिक्षा दिई उतिर्ण भईसकेका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक परिक्षा असफल भए एक वर्ष भित्रमा राज्यको राजस्व बुझाई जति पटक पनि प्रयोगात्मक परिक्षा दिन पाउने व्यवस्था गरियोस ।

उपस्थितीहरुः क्र.स. नाम पद हस्ताक्षर १ रामचन्द्र श्रेष्ठ केन्द्रिय अध्यक्ष २ खगेन्द्र बुढाथोकी केन्द्रिय वरिष्ठ उपाध्यक्ष ३ बाबुकाजी महर्जन केन्द्रिय कोषाध्यक्ष ४ शिव श्रेष्ठ केन्द्रिय सदस्य ५ बाबुराम प्रधान अध्यक्ष, कोशी प्रदेश ६ शिव कुमार श्रेष्ठ अध्यक्ष, बाग्मती प्रदेश ७ गोपाल प्रसाद घिमिरे महासचिव, कोशी प्रदेश ८ यज्ञराज दाहाल सदस्य, कोशी प्रदेश ९ योगेन्द्र पोख्रेल सदस्य, कोशी प्रदेश १० डिग बहादुर नेम्वाङ अध्यक्ष, झापा जिल्ला ११ मनिष थापा अध्यक्ष, मोरङ जिल्ला १२ भुपेन्द्र थापा सचिव, सुनसरी जिल्ला १३ अनन्त घिमिरे सहसचिव, सुनसरी जिल्ला १४ विकास राई कोषाध्यक्ष, सुनसरी जिल्ला १५ धर्मराज शाही सदस्य, सुनसरी जिल्ला

यो पनि पढ्नुहोस्

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

४ घण्टा अगाडि
नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक