बाँके । नेपालगंज उपमहानगरपालिका-८ त्रिभुवन चोक बस्ने अप्पर अन्सारीको आफ्नै घरमा रहेको नेपाल कलेक्सन फेन्सी पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियनत्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

