मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

प्रगतिशिल तिज गीत सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रगतिशिल तिज गीत सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महत्वपूर्ण चाड तीज पर्व नजिक आईरहेको छ ।

नेपाली महिलाहरु तिजको सन्दर्भमा जम्मा हुने, गीत गाउने र नाच्ने क्रम पनि शुरु भएको छ । विभिन्न युटुव च्यानलहरुबाट तीजका सन्दर्भमा विभिन्न खाले गीतहरु पनि सार्वजनिक हुने क्रम पनि जारी रहेको छ। यसै सन्दर्भमा चिरन पुन अफिसियल यु टुव च्यानलबाट हालै ‘अवस्था होईन, ब्यवस्था बदलौ‘ शिर्षकको प्रगतिशिल तिज गीत २०८० सार्वजनिक भएको छ । हाम्रो समाजमा संस्कृति र कला कलाको लागि कि समाजको लागि भन्ने बहस निकै पुरानो हो । गीत संगीतले केवल कला र मनोरन्जनका लागि मात्र हो भन्ने बुझाई एकातिर छ भने अर्कोतिर कला समाजका लागि र प्रस्तुत हुने कलाले समाजलाई योगदान पुर्याउने हुनुपर्दछ भन्ने भनाई रहि आएको छ । आज पनि कैयौ पार्टी, एनजिओ, आईएनजिओ र आफुलाई महिला अधिकारकर्मी भन्नेहरुले ब्यवस्था बारम्वार परिवर्तन भएकाले अव अवस्थामात्र परिवर्तन र विकाश भए पुग्ने तर्क गरिरहेका छन् यसले नेपाली समाज र नेपाली चेलिहरुलाई संघर्ष गर्ने र समाज परिवर्तन र अधिकारहरुमा राज्य ब्यवस्थाले मुख्य भुमिका खेलेको हुन्छ भन्ने मान्यतालाई डाईभर्ट गरेको छ यसै सन्दर्भमा चिरन सीले कोही भन्छन् – ‘अवस्था बदलिए पुग्छ बरिलै, हामी भन्छौ ब्यवस्था बदलिनु पर्छ बरिलै’ । गीतले समाजको विभिन्न पाटो र पक्षको बारेमा उजागर गरेको छ । गीतको शुरुमै तर्क गरिएको छ कि, ईटा बनाउने साँचो नै बाङ्गो भएपछि कसरी सोझो ईटा बन्छ ? गीतमा यसरी समाजको विभिन्न पाटो र पक्षलाई उठाईएको छ ।

घुमिफिरी आयो, बर्षदिनको तिज बरिलै
घुमिफिरी आयो, बर्षदिनको तिज
सुखीछैन मन हामी चेलीलाई
वैज्ञानिक युगमा पनि पिल्सियर बस्नुपर्ने
समानता कहिले आउछ, हामी चेलीलाई
उठ चेली हो कम्मर कस चेली हो,
अधिकार लिनलाई जुट चेली हो
कोही भन्छन् अवस्था बदलिय पुग्छ बरिलै
हामी भन्छौ ब्यवस्था बदलिनु पर्छ बरिलै

आज समाजमा प्रस्तुत हुने गीत सङ्गीतको मुलपक्ष भनेको कैयौ भ्रमहरु बाडिरहेको छ, कैयौ अस्लिलताको ब्यापार गरिरहेको छ, कैयौ अध्यात्मिक आदर्शको प्रचार गरिरहेको छ । जसले नेपाली नारीहरुलाई विज्ञापनको साधन बनाउने र समाजमा दोश्रो दर्जाको नागरिकको भुमिकाका उद्धेलित पार्ने दिशातर्फ परिलक्षीत बनाएको छ । यस्तो अवस्थामा समाजमा हुने र भए गरेका अन्याय, अत्याचार, शोषण, दमन, राष्ट्र र राष्ट्रियताको विषयलाई केन्द्रविन्दुमा राखेर प्रगतिशिल तिज गीत सार्वजनिक हुनु आफैमा राम्रो कुरा हो । अवस्था होईन, ब्यवस्था बदलौ भन्ने गीतमा निकै सान्दर्भीक सन्दभहरु उठाईएको छ ।

बेचविखन नारीलाई, हत्या र बलात्कार
कतिसुन्नु समाचार हामी नारीले
दाईजो प्रथा छँदैछ, दुखदायी छाउपडी
कतिसहुँ ब्यावीचार हामी नारीले
अत्याचार अति छ, महँगी बढ्छ बारम्वार
सान्तछैन मन हामी चेलीको
कमिसन भ्रष्टाचार, सीमामिच्ने बारम्वार
कतिसँहु हाहाकार, हामी चेलीले
यसरी नेपाली महिलाहरुमाथि भएको महिला बेचविखन, हत्या, बलात्कार, दाईजोप्रथा, छाउपडी, ब्याविचार, महँगी, कमिसन, भ्रष्टाचार, सीमा अतिक्रमण जस्ता विषयहरु निकै मिठो ढंगले गितमा प्रस्तुत गरिएको छ । यसका साथै गीतको अन्तिम टुक्कामा नेपाली नारीहरुलाई अगाडि बढ्ने बाटोको बारेमा समेत गीतले दिशानिर्देश गरेको छ,

अधिकार बराबर, न्यायपूर्ण समाज
हाँसीखुसी बल्लहुन्छ हामी नारीलाई
यो ब्यवस्था बदलेर समाजवादी बाटोमा
बल्ल नाच्ने दिन आउछ हामी नारीलाई

जब अधिकार बराबर हुन्छ, न्यायपूर्ण समाजबन्छ यो दलाल संसदवादी राज्य ब्यवस्था बदलेर वैज्ञानिक समाजवादी राज्यब्यवस्था स्थापना हुन्छ अनिमात्र नेपाली नारीहरुको नाच्ने र खुसीहुने दिन आउछ भनेर नेपलाी चेलीहरुलाई आफ्नो अधिकार स्थापना गर्न उठ, कम्मर कस, अधिकार लिनलाई जुट भनेर गीतले आब्हान गरेको छ ।

उठ चेली हो कम्मर कस चेली हो,
अधिकार लिनलाई जुट चेली हो
कोही भन्छन् अवस्था बदलिय पुग्छ बरिलै
हामी भन्छौ ब्यवस्था बदलिनु पर्छ बरिलै

गीतको शव्द ÷सङ्गीत बरिष्ठ जनवादी गीतकार, सङ्गीतकार चिरन सीको छ । गीतमा आवाज रिता पुनले दिएकी छिन्, भने कोरस आवाज सारदा रसाईली, जयन्ता मगर र क्षितिजा राहादीको रहेको छ । गीतको एरेन्ज नारायण दङ्गालले गरेका छन । गीतलाई अकेस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको रहेको छ भने, रेकर्डिङ दिल समर्पण र राजाबाबुले गरेका छन् । चिरन पुन आफैले निर्दशन गरेको म्यजिक भिडियोमा नृत्य निर्देशन तेजेन्द्र थापा तथा मिना बुढाथोकीमगरको रहेको छ । गीतको म्युजिक भिडियोको क्यामरा, ईडिटिङ तथा कलर जितु तामाङले गरेका छन् । मेरिगोल्ड होटलमा छायाङ्न गरिएको म्युजिक भिडियोमा मिनुजा खत्री, अक्षिता नेपाल, अनुश्का घर्तिमगर, अन्जली पान्डे, क्षितिजा राहादीमगर, शुस्मा सर्तुङ्गी गौतम, रिता पुन, सृष्टि पुन, मन्जु रनपाल, रोसना हिस्कीमगर, सिमाना राहादी, मिना राहादी, प्रीतिका राहादी, करुणा राहादी, कुशुम केसी, ज्योति फौजा, कमला केसी, निरु थापा, सिमा रेश्मी, दिलमाया फौजा, महालक्ष्मी त्रिपाटी लगायत कलाकारहरुको भुमिका देखिएको छ । गीतको समग्र पाटो पक्षहरुलाई हेर्दा गीत निकै राम्रो बनेको छ । गीत सार्वजनिक भएको २ हप्ता नपुग्र्द ५४ हजार भन्दा धेरैले यो गीत हेरिसकिएको छ । गीतले नेपाली समाजलाई सकरात्मक सन्देशका साथै प्रगतिशिल गीत सङ्ीतको क्षेत्रमा एउटा ईटा थप्ने कोशिस गरेको छ ।
हेर्नुस गीतको लिङ्क ः

यो पनि पढ्नुहोस्

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

२ दिन अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक