मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हेटौँडा बजार क्षेत्रको सडकका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
हेटौँडा बजार क्षेत्रको सडकका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

राममणि दाहाल
हेटौँडा, भदौ १२ गते । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तारका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ ।

सडक डिभिजन हेटौँडाले हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि सडक सीमाभित्रका घर टहरालगायतका संरचना हटाउन भनेपछि लामो समयदेखि सडक विस्तार विवाद विषय बन्दै आएको छ ।

सङ्घीय संसदमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चार जना सांसद, प्रदेशसभा सदस्य, पूर्व सांसद, संविधानसभा सदस्य र मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पूर्व अध्यक्षहरुसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर सडक विस्तारको समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।

भेटमा संलग्न उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले छलफलमा प्रधानमन्त्री समस्या समाधानप्रति सकारात्क रहनुभएको जानकारी दिनुभयो । अध्यक्ष गुप्ताका अनुसार समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतसँग प्रधानमन्त्रीले छलफल गर्ने बताउनुभएको छ ।

स्थानीय घरजग्गाधनीले मुख्य बजारमा सडक विस्तार गर्नुको विकल्प खोज्न वा मुख्य बजारमा सडक विस्तार गर्नुपर्ने भएका उचित मुआब्जा र क्षतिपूर्तिको माग गर्दै आएका छन् । साथै उद्योग वाणिज्य सङ्घले सडक विस्तारका क्रममा प्रभावित हुने व्यवसायीहरुको उचित व्यवस्थापन हुनुपर्ने भन्दै आएको छ । भेटमा सांसदहरु महेशकुमार बर्तौला, दीपकबहादुर सिंह, विन्दवासिनी कंशाकार, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, संविधान सभा सदस्य अनन्त पौडेल, पूर्व सांसद कृष्णप्रसाददाहाललगायतका सहभागिता रहेको थियो ।

गत असारमा सडक डिभिजन हेटौँडाले डिभिजनअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ महेन्द्र राजमार्गको रातोमाटे–बुद्धचोक–राप्ती पुलसम्मको सडक सीमा सडक केन्द्रबाट २५/२५ मिटर दायाँ–बायाँ कायम भन्दै सूचना जारी गरेको थियो ।

साथै सर्वोच्च अदालतलेसमेत उक्त सडक खण्डको सडक सीमा सडक केन्द्रबाट २५/२५ गज अर्थात ७५/७५ फिट कायम भएको भन्दै ३५ दिनभित्रमा उक्त सडक खण्डमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन र सम्बन्धित स्थानीय तहलाई हटाउनका लागि भनेकोे थियो ।

तर घरधनीहरुले मुआब्जा र क्षतिपूर्ति बिना सडक विस्तार गर्न नपाइने भन्दै गरेको मागको सुनुवाई नभएपछि सर्वोच्च अदालतमा पुगेका छन् । सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गअन्तर्गत रातोमाटे–बुद्धचोक–राप्ती पुलसम्मको सडकखण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन भनेको छ ।Gorkhapatra

यो पनि पढ्नुहोस्

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

१९ मिनेट अगाडि
नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

४८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक