काठमाडौं । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-३ चारदोबाटोस्थित अन्नपुर्ण बहुमुखी सहकारी संस्थाले संचालन गरेको अन्नपूर्ण तरकारी बजारमा पसल संचालन गरी बस्नेहरू मोरङ सुन्दरहरैचा नगरपालिका-२ घर बएका ४० वर्षीय कृष्ण राज खड्काको काउन्टरबाट नगद २ लाख रुपैयाँ र बारा पर्सा गाउँपालिका-१ घर भएका ३५ वर्षीय वीरेन्द्र चौधरीको पसलबाट नगद २५ हजार रूपैयाँ आइतबार चोरी भएको छ ।
उक्त बजारमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाठ खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।