सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यसकारण नेपाल विद्यार्थी संघमा असन्तुष्टि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यसकारण नेपाल विद्यार्थी संघमा असन्तुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतरले असन्तुष्टि जनाएको छ । सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ । ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई संस्थापनपक्षले लत्याएको अर्को पक्षले जनाएको छ ।

५५१ जनामा ४० प्रतिशत हिस्सेदारी हुने गरि शेखर–गगन पक्षले नाम बुझाएको थियो । संख्या थपेर ७१० पुर्‍याउँदा समेत आफ्नो पक्षबाट दिएका कतिपय नाम हटाइएको संस्थापनइतरकी विद्यार्थी नेता प्रेमिका रानामगरले जानकारी दिइन् । ‘५५१ जनाको समितिमा ल्याउने सहमति भएर नाम दिएका हौं । हामीले पठाएका १५ जना जतिको नामहरु काटिएको छ,’ रानामगरले भनिन् । तदर्थ समितिमा पर्ने गरि चर्चा पाएर पनि नाम काटिएकाहरुमा पवन थापा, दीपक ओझा, सुदीप अधिकारी, सुमित बोहोरा लगायत छन् ।

नेता कृष्णप्रसाद सिटौला पक्षले पठाएका कतिपय नाम काटिएको सिटौला निकट एक विद्यार्थी नेताले जानकारी दिए । तदर्थ समितिमा विदेशमा बस्नेलाई समेत राखिएको छ । किरण भण्डारी, डा. रितेश चिमोरिया, अमृत वस्ती, रविन ढुङ्गाना लगायतका केही विदेशमा छन् । तदर्थ समितिमा राखिएपछि ढुङ्गानाले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन् । दुई वर्षअघि नै तदर्थ समितिका लागि नाम दिएको तर अहिले राखिएको उनले बताए । मनोनित तदर्थ समितिमा बस्न रुचि नभए पनि नाम राखिएको भन्दै विवेक लामा घिसिङले केन्द्रीय सदस्यमा नबस्ने नबस्ने घोषणा गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन गरेको थिएन । करिब १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन् । २ साउन देखि १० सम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले भदौ १५ सम्म सबै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो । कार्यसमितिले पूर्णता पाएपछि ६ महिनाभित्र निर्वाचन गर्न तदर्थ समितिले कार्यादेश पाएको छ ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

१ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक