सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सरकारी कर्मचारीको सरुवा रोक्न मन्त्रालयमा भिड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरकारी कर्मचारीको सरुवा रोक्न मन्त्रालयमा भिड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षौसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।

मन्त्रालयले ती कर्मचारीलाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेपछि सरुवा रोक्न मन्त्रालयमा कर्मचारीसँगै  ट्रेड युनियनका अगुवा तथा स्थानीय तहका नेता सक्रिय छन् । यति बेला त्यस्ता कर्मचारीको छटपटी निकै बढेको छ ।

मन्त्रालयले काठमाडौँमा नै जरोकिलो गाडेर बसेका कर्मचारीलाई मधेश प्रदेशका स्थानीय तह र रिक्त भएका विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेको छ । एक सातामा दुई चरणमा गरी मन्त्रालयले ५७ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयमा अहिलेसम्म सरुवाका लागि ४५२ जना कर्मचारीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । केही दिनभित्रमा नै रिक्त स्थानीय तहमा मन्त्रालयले निवेदन दिने कर्मचारीमध्येबाट सरुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले साउन ११ गते नौ दिनको समयावधि दिएर दुर्गम क्षेत्रमा काम गरेका कर्मचारीलाई सुगममा र सुगममा काम गरेकालाई दुर्गममा सरुवाका लागि निवेदन दिन सूचना जारी गरेको थियो ।

मन्त्रालयका उपसचिव कमानसिंह थापामगरले लामो समयदेखि राजधानीमा नै अड्डा जमाएर बसेका कर्मचारीलाई राजधानी छाडेर जानुपर्ने भएपछि सरुवा रोक्न मन्त्रालयमा भिड लागेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “सरुवा भएका कर्मचारी सरुवा रोक्न आफैँ र  ट्रेड युनियनमार्फत मन्त्रालयलाई दबाब दिएका छन् । मन्त्रालयले नीतिगत निर्णय गरेर सरुवा गरेकाले जसले दबाब दिए पनि सरुवा गरिएका कर्मचारीको सरुवा बदर हुँदैन ।” यसअघि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नियमित सेवा प्रवाह रोकिएको गुनासो आउन थालेपछि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई उच्च प्राथमिकता दिएको हो । मन्त्रालयले एक सातामा ५६ जना सरुवा गरिएका कर्मचारीमध्ये ३६ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये यसअघिसम्म १४१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदै आएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले साउनदेखि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन नहुने बताउँदै आउनुभएको थियो ।

निजामती कर्मचारीको आधिकारीक  ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले सरुवा रोक्न आधिकारिक  ट्रेड युनियनले कसैलाई दबाब नदिएको दाबी गर्नुभयो । उहाँले  ट्रेड युनियनले पहिलेदेखि नै सबै कर्मचारीको सरुवा पूर्वअनुमानयोग्य हुनु पर्छ भन्दै आएकाले कर्मचारी सरुवा प्रणालीलाई व्यावहारिक नबनाएरसम्म सरुवा बेथिति कायम रहने जनाउनुभयो ।

मन्त्रालयका प्रवक्ता कलमप्रसाद भट्टराईले मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा नीतिगत निर्णय गरेर कर्मचारीको सरुवा गरेकाले सरुवा भएका कर्मचारी थमौती नहुने बताउनुभयो । उहाँले जटिल समस्या भएकाबाहेक सबै सरुवा गरिएका कर्मचारी सम्बन्धित कार्यालयमा गएर सेवा प्रवाह गर्नुपर्ने जोड दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयको सबै ध्यान अहिले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पूरा गर्दै जाने र त्यसपछि मात्र अन्य कर्मचारी सरुवा व्यवस्थापनमा लाग्ने योजना छ । भदौको दोस्रो सातासम्ममा सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत दिइसक्ने नीति मन्त्रालयको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले पठाउनु पर्ने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

१ दिन अगाडि
प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक