सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सांसद लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चाललित बसको रंग अनुमति नलिई परिवर्तन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सांसद लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चाललित बसको रंग अनुमति नलिई परिवर्तन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् चितवन क्षेत्र नं। २ का सांसद रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई निलो रंगको बनाइएको छ । यो बसले अहिले ‘ब्लु बस’को नाममा चर्चा पाइरहेको छ ।

तर, बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जमार्फत सूचना लिएर कार्यालयले बसको रंग परिवर्तनको अनुमति अहिलेसम्म लिएको नपाइएको कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।

सरकारले सवारीसाधनको रंग परिवर्तन गर्दा अनुमति लिएर प्राविधिकहरुलाई देखाउनुपर्ने व्यवस्था गरेको छ । सवारीको ब्लु बुकको अन्तिममा रहेको सवारी चालकले ध्यान दिनुपर्ने कुराहरुको बुँदा नं. ५ मा समेत अनुमति नलिई रंग परिवर्तन गर्न नहुने उल्लेख छ । ब्लु बुकमा नै गाडीको रंग कस्तो हो भनेर उल्लेख हुने कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११।१ ९४० को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी पौडेलका अनुसार अहिलेसम्म रंग परिवर्तनका लागि अनुमति नलिएको हुँदा अब नियमानुसार जरिवाना तिरेर अनुमति लिने र जाँचपास गराउनुपर्ने बताए ।

मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी भाडामा लिइएको ‘ब्लु बस’ भिमबहादुर तामाङको नाममा छ । ३२ सिटे बस दिनहुँ शक्तिखोरदेखि भरतपुरका विभिन्न ठाउँमा घुम्ने र महिलाहरूलाई निःशुल्क यातायात यात्रा गराउने गर्दछ । बसमा यात्रुले रास्वपा सभापति रवि लामिछानेको फोटोसहितको कार्ड लिएपछि मात्रै यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

पुरानो मेडिकल कलेजले दिएको एम्बुलेन्समा मोबाइल क्लिनिक

बसको जस्तै रंग परिवर्तन गरिएको मोबाइल क्लिनिक भ्यान, लामिछानेलाई भरतपुरको पुरानो मेडिकल कलेजले दिएको हो । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित ना २ च ५६१९ नम्बरको मोबाइल भ्यान अस्पतालको एम्बुलेन्स हो । सो एम्बुलेन्स भारतीय दूतावासले २०७१ सालमा दिएको थियो ।

विगत ५ वर्षदेखि नवीकरणसमेत नगरेको एम्बुलेन्स साउन १४ गते यातायात कार्यालय भरतपुरमा जरिवाना तिरेर पुनः दर्ताको प्रकृयामा गएको छ । एम्बुलेन्सको पुनः दर्ता तथा जरिवाना वापत ३४ हजार २५० रुपैयाँ तिरेको सूचना अधिकारी पौडेलले जानकारी दिए । कलेजले यातायात व्यवस्था कार्यालयलाई गाडीको रंग परिवर्तनको अनुमतिका लागि पत्राचार गरेको छ ।

मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको स्रोतको भनाइ छ । कलेजबाट नै जनशक्ति पठाएर अहिले टोल–टोलमा उपचार गर्न भनिएको कलेजका एक चिकित्सकले जानकारी दिए ।

सो मेडिकल कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधान केही दिन अगाडि रास्वपामा प्रवेश गरेर सो पार्टीको बागमती प्रदेशको स्वास्थ्य संयोजक बनेका थिए ।

 

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

१ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक