बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

रेमिट्यान्स खातामा थुप्रियो ८० अर्ब !

रेमिट्यान्सले देशको अर्थतन्त्र चल्ला ? उत्पादन बढाउने नीति खोई ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रेमिट्यान्स खातामा थुप्रियो ८० अर्ब !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले देशभित्र लगानीको वातावरण बनाउन नसक्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाएको रकम रेमिट्यान्स खातामा थन्काउने प्रवृत्ति बढेको छ । सरकारले रेमिट्यान्सलाई वैधानिक बाटोबाट ल्याउन प्रोत्साहन गर्ने नीतिअनुसार रेमिट्यान्स खाताको व्यवस्था गरे पनि यस्तो खातामा रकम थुप्रिने प्रवृत्ति बढेको हो ।

राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म रेमिट्यान्स खातामा ८८ अर्ब निक्षेप संकलन भएको छ । यसमध्ये ८६.४ प्रतिशत रकम मुद्दती निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांक छ । बैंकहरुले रेमिट्यान्स खातामा प्रचलित ब्याजदरमा १ प्रतिशत बढी दिने गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनदेखि जेठसम्म रेमिट्यान्समार्फत मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको थियो । पछिल्लो समय रेमिट्यान्स रकम बढेको छ । सरकारले रोजगारीको सृजना गर्न नसक्दा, वैदेशिक लगानीको कमी, आन्तरिक उत्पादन वृद्धिमा असफलता जस्ता कारणले गर्दा हरेक वर्ष वैदेशिक रोजगारीमा युवा पलायन हुने समस्या छ । जति युवा विदेश जान्छन्, स्वतः रेमिट्यान्सको रकम पनि बढ्छ नै । तर, रेमिट्यान्सको रकमको भरमा देश कहिलेसम्म चलाइराख्ने भन्नेबारे सरकारले सोच्नुपर्ने विश्लेषकहरुको भनाइ छ ।

केही वर्षयता नेपालको अर्थतन्त्रको समस्याग्रस्त छ । अर्थतन्त्रमा समस्या आउनुमा विश्वभर फैलिएको कोरोना महामारी, रुस–युक्रेन युद्धजस्ता बाहिरी कारणबाहेक हाम्रा आन्तरिक कारणहरु भ्रष्टाचार, बेथिति, अविकास, उत्पादनमा निरुत्साहन जस्ता कारण पनि धेरै जिम्मेवार छन् । अर्थतन्त्र समस्याग्रस्त भएकै समयमा विश्वभर कोरोना महामारीका कारण नेपालमा आउने रेमिट्यान्स पनि घटेको थियो । त्यसैले नेपाललाई वास्तविक समस्या परेको बेलामा रेमिट्यान्स रकम उपलब्ध नहुन सक्ने पनि भएकाले रेमिट्यान्सकै भरमा देश चल्छ भनेर सोच्नु मूर्खतापूर्ण हुनेछ ।

अर्कोतर्फ नेपालमा भित्रिने रेमिट्यान्स रकम उत्पादनमूलक क्षेत्रमा उपयोग हुन सकेको छैन । यसको प्रमुख कारण हो, लगानीका लागि झन्झटिलो अवस्था । नेपालमा सर्वप्रथम त लगानी गर्न चाहनेलाई कम्पनीदेखि अन्य सरकारी कामका लागि ठूलो सास्ती खेप्नुपर्छ । थुप्रै ठाउँमा घूस र चन्दा टक्राएपछि मात्र काम अघि बढ्छ । त्यसकारण यहाँ लगानीका लागि जोकोही पनि सजिलै तयार हुँदैनन् । अर्कोतर्फ लगानी र रोजगारी सृजनामा लागेकाहरुलाई आर्थिक सहयोग, अनुदान, बजारको व्यवस्थापन लगायत थुप्रै सरकारी सहायता शून्य बराबर नै छ भन्दा हुन्छ । त्यसकारण पनि रेमिट्यान्सको रकम उत्पादनमूलक भन्दा पनि कि बैंकिङ खातामा थुप्रिने वा विलासिताको सामानमा खर्च भएर विदेशिने अवस्था छ ।

रेमिट्यान्सको सदुपयोग हुन नसकेको मात्र होइन, आन्तरिक उत्पादन बढाउने ठोस कार्यक्रम पनि सरकारसँग छैन । सरकारले हरेकजसो आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेटमा पनि आन्तरिक उत्पादन बढाउन विभिन्न कार्यक्रम ल्याएको दाबी गर्ने गरेको छ । तर, ती कार्यक्रम खासै कार्यान्वयन हुन सकेको छैन । यो आर्थिक वर्ष सुरु हुन लाग्दै गर्दा सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि सरकारले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको दाबी गरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठमा राष्ट्रियसभामा नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नीति कार्यक्रमको मुख्य विषय कसरी उत्पादन बढाउने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने भन्ने रहेको जनाएका थिए । नीति तथा कार्यक्रमले संघीयताको सुदृढीकरण, अर्थतन्त्रको संरचनात्मक सुधार र पुनःउत्थान, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, आद्योगिक क्षेत्रको प्रवद्र्धन, उत्पादन र रोजगार वृद्धि गर्ने प्रधानमन्त्रीको भनाइ थियो । तर, सरकारको यो योजना पनि विगतको जस्तै असफल हुने हो कि कार्यान्वयन होला भन्ने आगामी दिनमा देखिने नै छ ।

विज्ञहरुका अनुसार नेपाली उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गरेर अर्थतन्त्रका बहुआयामिक असर हटाउन सरकारले बजेटमार्फत लिएका नीतिको कार्यान्वयनको क्षमता वृद्धि गरिनुपर्छ । लगानीमैत्री औद्योगिक वातावरण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार, समृद्धिका लागि प्राकृतिक स्रोतको सदुपयोग र प्रभावकारी बजेट कार्यान्वयन नै आजको आवश्यकता हो । यस्तै, आफ्नै उत्पादन बढाउन र औद्योगिक विकासका लागि सरकारले अपनत्व लिनुपर्ने, त्यसअनुकूल नीति बनाउनुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । स्वदेशमा वस्तु तथा सेवाको उत्पादन, उपभोग, रोजगारी तथा आयआर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध हुन आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

विनाशकारी बाढीबाट मृत्यु हुनेकाे संख्या १ हजार ४०३ जना पुग्याे

५४ मिनेट अगाडि
आज  संसदीय समितिको बैठक बस्दै

आज संसदीय समितिको बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक