बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यता नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले अन्तरक्रियामा आएका सुझावहरूबाट सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवम् राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक एवम् बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय लिन विशेष सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

अपराधको प्रवृत्ति फरक ढंगबाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायहरूलाई तयार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढिकरण गर्दै जानुपर्ने उल्लेख गर्दै उहाँले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले अन्तरक्रियामा उठेका विषयवस्तुहरूमा आफ्नो धारणा व्यक्त गर्दै नेपाल प्रहरीले सीमित साधन स्रोत एवम् जनशक्तिको वावजूद अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । गृहसचिव भट्टराईले आउँदा दिनमा प्रहरी संगठनलाई अझै दक्ष, साधनस्रोत सम्पन्न, सुदृढ एवम् प्रविधियुक्त बनाउँदै लैजानेतर्फ गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

सबै सुरक्षा निकायबीच एकीकृत सूचनाको आदान प्रदान एवम् समन्वय भएमा राष्ट्रिय सुरक्षा प्रणालीमा थप प्रभावकारिता आउने विचार उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय सुरक्षाको परम्परागत दृष्टिकोण अनुसार राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा नै राष्ट्रको महत्वपूर्ण आधार स्तम्भ रहेको बताउनुभयो । राष्ट्रिय सुरक्षाको सवालमा नेपालमा कानून कार्यान्वयन गर्ने प्रमुख सुरक्षा निकायको रूपमा नेपाल प्रहरीको पनि सशक्त भूमिका र योगदान रहेको चर्चा गर्दै उहाँले प्राथमिक र स्थायी दूरगामी राष्ट्रिय हितको पहिचान र सो प्राप्तिका लागि राष्ट्रिय सुरक्षामा क्रियाशील विविध पक्षहरूबीच साझा सोच र समझदारीको निर्माण अत्यावश्यक रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै राष्ट्रिय सुरक्षा सम्बन्धमा नेपाल प्रहरीको भूमिका, चुनौतिहरू, प्रहरी सांगठनिक संरचना, मानवस्रोत, स्रोत साधन व्यवस्थापन, अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

४ दिन अगाडि
ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक