शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुन विषय पढ्न विद्यार्थी आकर्षित,अध्यापन गराउने शिक्षक अभाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुन विषय पढ्न विद्यार्थी आकर्षित,अध्यापन गराउने शिक्षक अभाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भजनी। कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भयो । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो । कारण हो, जनशक्ति नपाउँदा । क्याम्पसले ‘एलएलएम’ तह उत्तीर्ण शिक्षकका लागि पटक–पटक सूचना जारी गर्दा पनि दर्खास्त नपरेपछि कानुन विषयलाई नै रोक्नुपर्यो । अध्ययनका लागि आएका विद्यार्थीलाई कैलाली बहुमुखी क्याम्पस धनगढी र सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर पठाउनुपर्यो ।

“एलएलएम पास गरेको व्यक्ति टीकापुर आएर बस्न चाहँदैनन् । हामीले धेरै मेहनत गर्दा पनि जनशक्ति पूरा गर्न नसकेकै कारण विद्यार्थी अन्य क्याम्पसमा सार्नुपरेको   थियो”, क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख केशरबहादुर कुँवरले भन्नुभयो, “सकभर जनशक्ति नै नपाइने, पाइए पनि अध्यापनका लागि मात्रै टीकापुर आउन कोही नमान्ने । शिक्षक नै नपाएपछि अन्तिममा पढाइ नै बन्द गर्नुपरेको हो ।” उसो त कानुन विषयमा विद्यार्थीको चासो बढ्दै गएपछि केही विद्यालयले कानुनको अध्यापनलाई जोड दिएका छन् ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजा सार्वजनिक भएपछि अहिले कक्षा ११ मा विद्यार्थी भर्नाका लागि निकै अस्वस्थ प्रतिस्पर्धा चलिरहेका बेला विद्यालयको दक्ष जनशक्तिमा पनि प्रश्न उठ्न थालेको छ । कक्षा ११ मा अध्यापन गराउने शिक्षकको योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर तहसम्मको हुनुपर्छ । कानुन विषयको अध्यापनका लागि  एलएलएम उत्तीर्ण जनशक्ति चाहिन्छ । टीकापुरमा त्यो जनशक्ति छैन । कक्षा ११ बाट अध्ययन अध्यापन गराउँदै आएका विद्यालयले बिएलएलबी वा बिएलसम्मको अध्ययन गरेको जनशक्तिलाई व्यवस्थापन गरेको पाइन्छ ।

टीकापुरमा तीन कलेजमा कानुन विषयको अध्यापन हुँदै आएको छ । वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा बिएल गरेको शिक्षकले अध्यापन गराउँदै आएका छन् । विद्यालयका प्रधानाध्यापक फणेन्द्रराज रेग्मीले ११ कक्षादेखि माथिल्लो कक्षामा अध्यापनका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका शिक्षक व्यवस्थापन गरिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार विद्यालयमा कानुन विषयको दक्ष जनशक्ति छैन । “कानुनका लागि एलएलएम गरेको जनशक्ति चाहिने हो, त्यो छैन । हाम्रोमा बिएल गरेको जनशक्तिबाट अध्यापन हुँदै आएको छ”, उहाँ भन्नुहुन्छ, “कानुनमा बिएल पास र अन्य विषयमा स्नातकोत्तर गरेको जनशक्ति हाम्रोमा छ । आवश्यक जनशक्ति टीकापुरमा छैन । अन्य विद्यालयले पनि बिएल र एलएलबी पास गरेको जनशक्तिबाट अध्यापन गराउँदै आएका छन् ।”

यसैगरी सगुन विद्या निकेतनमा पनि लामो समयदेखि कानुनको अध्ययन–अध्यापन हुँदै आएको छ । त्यहाँ पनि कानुनको दक्ष जनशक्ति छैन । अहिले त्यहाँ बिएएलएलबी पास गरेका शिक्षकलाई नियुक्त गरेर कानुनको अध्यापन गराउँदै आएको छ । विद्यालयका प्राचार्य अशोक पाण्डेका अनुसार विद्यालयमा एलएलबी पास गरेका दुई शिक्षक नियुक्त भएका छन् । “अन्य विद्यालयमा पनि तपाईले भनेअनुसारको जनशक्ति छैन । हाम्रोमा पनि छैन”, पाण्डेले भन्नुभयो, “एलएलबी पास गरेको जनशक्तिले कानुनको अध्यापन गर्न सक्छ । त्यसैअनुसार हामीले पनि दुई वर्षदेखि त्यसैगरी विद्यार्थीलाई अध्यापन गराउँदै आएका छौँ ।”

न्यूलाइट एजुकेसनमा पनि कानुनको अध्यापन हुँदै आएको छ । तर त्यहाँ विद्यार्थी सङ्ख्या कम हुँदा कक्षा सञ्चालन भने हुनसकेको छैन । विद्यालयमा कानुन विषयको अध्ययनका लागि आउने विद्यार्थीको सङ्ख्या कम भएपछि ती विद्यार्थीलाई अन्य विद्यालयमा सिफारिस गर्दै आएको बताउँदै विषय भएर पनि सञ्चालन भने हुन नसकेको विद्यालयका प्राचार्य जयकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

“अहिलेसम्म आवश्यक विद्यार्थी कोटा नपुग्दा कानुनको पढाइ सञ्चालन गर्न सकिएको छैन । कानुन विषयको महत्त्व नबुझेर पनि विद्यार्थी कानुनतर्फ आकर्षित हुनसकेका छैनन् । अभिभावकले बुझेका छैनन्”, उहाँ भन्नुहुन्छ, “हामीले विद्यार्थी सङ्ख्या पुगेको स्थितिमा पढाइ सुरु गरे पनि आउने शिक्षक भनेको बिएल गरेकोलाई ल्याउने हो । अब एलएलएम गरेको जनशक्ति देशमै कम छ । त्यो जनशक्ति टीकापुरमा आउन मान्दैन र आए पनि स्रोतले थेग्न सक्दैनौँ ।”

टीकापुर नगरपालिकालाई भने नगरपालिकाभित्रका कुन विद्यालयले कुन विषयको अध्यापन गराउँछ भन्ने जानकारी छैन । सामुदायिक विद्यालयको सबै तथ्याङ्क राखेको नगरपालिकासँग  निजी तथा संस्थागत विद्यालयको तथ्याङ्क छैन । “कुन विद्यालयले कुन विषयको अध्यापन गराउँदै आएको छ भन्ने नगरपालिकासँग कुनै तथ्याङ्क छैन । आवश्यक भएपछि हामी त्यो रेकर्ड विद्यालयसँग माग्छौँ”, नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले भन्नुभयो, “दक्षताको कुरा गर्दा जुन विषयको विद्यालयले अध्यापन गराउँदै आएका छन्, त्यसैअनुसारको जनशक्ति चाहिन्छ ।”

उहाँका अनुसार कक्षा ११ मा कानुन विषयको अध्यापन गराउने विद्यालयले एलएलएम पास गरेको जनशक्ति अनिवार्य व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । शिक्षा अधिकृत अवस्थीले त्यसको जनशक्ति व्यवस्थापन हुन नसके सम्बन्धित विषयमा १० वर्षको अनुभव अनिवार्य चाहिने बताउँदै आगामी दिनमा विद्यालयको अनुगमन नगरपालिकाले गर्ने र शिक्षामा हुनुपर्ने कुरा नभएपछि त्यसतालाई कारबाहीको दायरामा ल्याउने जनाउनुभयो । रासस

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

पूर्व सांसद कोइरी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक