सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति सीको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रपति सीको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक हुनु हो ।  आक्रामक कुटनीतिबारेको चिनियाँ नीतिले भन्छ, ‘चीन सरकार वा पार्टी वा त्यसको नीतिको विरोध गर्नेहरुको निन्दाको सवालमा लडाकुझैँ द्वन्द्वात्मक शैली अपनाउनुपर्छ । ६९ वर्षीय वाङ यीसँग कुटनीतिक मामिलामा सीको विचारधारासँग ठ्याक्कै मेल खाने व्यक्तित्व छ ।

वृद्ध अवस्थामा उनी जति आकर्षक छन् उत्तिकै आक्रामक पनि छन् । अब उनको आक्रामक शैलीका केही दृष्टान्तबारे चर्चा गरौँ । वाङ यी गत वर्ष चीनको विदेशमन्त्रीको हैसियतमा एक सम्मेलनका लागि जापान पुगेका थिए । त्यहाँ दक्षिण कोरियाका उनका समकक्षी समेत उपस्थित थिए । जापान र दक्षिण कोरियाले साउथ चाइना सी मामिलामा पश्चिमाहरुको समर्थन गरेको प्रति चीन निकै नै रुष्ट थियो । पश्चिमासँग मिलेर आफ्नो विरोध गरिरहेको कुरा चीनलाई चित्त बुझिरहेको थिएन ।

वाङले त्यहाँ समकक्षीहरुलाई भनिदिए, ‘तिमीहरु कपाल रंगाएर जतिसुकै खैरो बनाऊ वा नाक जतिसुकै सिलिक्क पार तिमीहरु युरोपेली, अमेरिकी वा पश्चिमा हुन सक्दैनौँ । आफ्नो अवस्थिति अनुसारको व्यवहार गर नक्कल गरेर कोही पनि पश्चिमा हुँदैन । उनको शैली कस्तो छ भने उनी चित्त नबुझेका कुरामा चेतावनीको कडा भाषा बोलिदिन्छन् । सन् २०२२ मा आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई शक्तिको आडम्बरमा चीनसँग व्यवहार नगर्न चेतावनी दिए । यस्तै ताइवान मामिलामा अमेरिकासँग सहमति गर्ने कुनै ठाउँ नै नरहेकाले यस विषयमा कुरै नगर्न उनले ब्लिंकेनलाई भनिदिए । ‘याद रहोस् अमेरिकाले शक्तिको आडम्बर राखेर चीनसँग व्यवहार गर्न बन्द गरोस् । अर्को कुरा ताइवान मामिलामा सम्झौता वा कुनै सहमतिको सम्भावनानै छैन’ उनले भनेका थिए ।

यस्तै गत फेब्रुअरीमा चीनले अमेरिकी हवाइ इलाकामा जासुसी बेलुन पठाएको भनेर अमेरिकाले निकै नै आलोचना गरेको थियो । त्यस आलोचनाबारे वाङ् यीले भनेका थिए, ‘अमेरिकाको उन्मादपूर्ण र आधारहीन टिप्पणी हामीलाई स्वीकार्य हुनेछैन ।’ चीनको मामिलामा जसले आलोचना गर्छ त्योसँग वाङ निकै नै चिढिन्छन् । चीनका विषयमा नकरात्मक प्रश्न सोध्दा उनी पत्रकारहरुसँग पनि उत्तिकै कड्किन्छन् । सन् २०१६ मा क्यानडाका पत्रकारले उनलाई चीनको मावनअधिकार खस्किएको सम्बन्धमा प्रश्न गरेका थिए । त्यसको जवाफमा वाङले भने, ‘यो प्रश्न चीनप्रति आक्रोश र पूर्वाग्रह राखेर सोधिएको हो । यस्ता कुरा कहाँबाट आए मैले जान्ने कुरा भएन तर यो प्रश्न स्वीकार्य भने छैन ।’

वाङ् सीका विश्वासपात्र हुन् । विदेशमन्त्रीका रुपमा सबैभन्दा लामो कार्यकाल बिताउनेमा उनी तेस्रा व्यक्ति हुन् । इरान र साउदीको सम्बन्ध सुधारको सेतुको काम उनैले गरेका थिए । मध्यपूर्वमा चिनियाँ प्रभाव विस्तारका लागि उनी निकै नै खटिएका व्यक्ति हुन् । गत वर्ष ३० भन्दा बढी मुलुक घुमेर उनले आफ्ना राष्ट्रपति सीको सन्देश प्रवाह गरे । हरेक मुलुक पुगेर उनले भन्ने गर्थे, ‘बेइजिङलाई अमेरिकाले पछाडि धकेल्न सक्दैन ।’

पश्चिमाहरु बेइजिङले मुस्लिम अल्पसंख्यकविरुद्ध दमन गरेको भन्दै जति जति आलोचना बढाउँथे, वाङले त्यतिनै मुस्लिम राष्ट्रहरुसँग बेइजिङको सहकार्य विस्तार गर्ने व्यक्ति उनै वाङ् हुन् । वाङ्को गतिविधि यस्तो छ कि उनी एउटा कुनामा चीन र अर्को कुनामा अमेरिकालाई राखेर बेइजिङ एशियाका निम्ति लड्दैछन् । वाङ्सँग कुटनीतिक वार्तामा सहभागी सिंगापुरका पूर्व विदेश सचिव बिलहरी कौशिकन भन्छन्, ‘एशियाको समस्या एशियालेनै समाधान गर्नुपर्ने भन्ने चिनियाँ तर्क छ। एशियाका निम्ति अमेरिका अविश्वासिलो समस्या निर्माता हो भन्ने उसको बुझाइ छ ।’ रुस र युक्रेनबीचको द्वन्द्वको कारण पश्चिमाहरुसँग सम्बन्ध बिग्रिएको अवस्थामा गत फेब्रुअरीमा युरोप पुगेर युरोपेली संघसँग सहकार्यको प्रस्ताव राख्ने व्यक्ति वाङ्नै थिए । त्यहाँ पुगेर उनले भनेका थिए, ‘बेइजिङ युरोपसँग बृहत सहकार्यका लागि खुला छ ।

हामी जलवायु परिवर्तन र व्यापारका सम्बन्धमा वृहत सहकार्यका लागि युरोपलाई स्वागत र सहयोग गर्छौँ।’ युरोप पुगेर वाङले जारी युद्धमा पश्चिमाको जित नहुने र युरोपलाई अमेरिकाले आफ्नो स्वार्थको शिकार बनाएको सन्देश प्रवाहसमेत गरेका थिए । उनको यरोप भ्रमणबारे टिप्पणी गर्दै चिनिँया मामिला जानकार यु सोनले भनेका छन्, ‘युरोप अमेरिकी रणनीतिको शिकार भएको र यो युद्ध पश्चिमा नजित्ने तर्क वाङ्ले गरेका छन् ।’

धारिलो आइरन लगाएको सुट पहिरिएर धारिलो शैलीमै कुरा राख्ने वाङ सीको सन्देशका वास्तविक प्रचारक हुन् । सीको विश्वकेन्द्रित महत्वाकांक्षा सशक्त प्रचारक र निकै अनुभवी कुटनीतिज्ञ भएकाले सीले वाङलाई फेरि विदेश मन्त्रीको जिम्मेवारी दिएका हुन् । रोयटर्स, वासिंटन पोस्ट, सिन्ह्वा लगायत सञ्चार माध्यमको सहयोगमा

यो पनि पढ्नुहोस्

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

४६ मिनेट अगाडि
कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

४९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक