शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जीबन्त कम्युनिष्ट क्रान्तिकारी मार्गदर्शक क. पुष्पलालको खोजी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जीबन्त कम्युनिष्ट क्रान्तिकारी मार्गदर्शक क. पुष्पलालको खोजी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी
आज नेपालको कम्युनिष्ट आन्दोलन नराम्रोसँग अल्मलिएको छ । यस भित्रका दक्षिणपन्थी र उग्रबामन्थी दुबै धारले बिगतमा र अहिले पनि यसलाई गलत दिशा र गति दिएर यसका आधारभूत मूल्य मान्यता र क्रान्तिकारी परम्पराबाट यो आन्दोलन अलग्याएका छन् । संसदबादमा फँसाइएका छन् । लम्पसारबादी बनाइएका छन् । अथाह सम्पत्तिको अगस्थी भोकले नेतृत्वलाई गाँजेको छ । तिनले कम्युनिष्टको साइनबोर्डमा यसलाई कमाउ कम्पनीमा परिणत गरेका छन् । तिनीहरु हिजै पनि कम्युनिष्टको खोल ओडेर यो धन्धामा लागेकै थिए । आज त्यसलाई अझ तीब्र किसिमले चलाइरहेका छन् । फलतः आफ्नो बर्तमान स्थिति निराशाजनक भए पनि भावी पुस्ताको जीवन सुरक्षित र सहज होला भन्ने आशामा रहेका लाखौलाख नेपाली श्रमजीबी जनता आज नराम्रोसँग निराश हुन पुगेका छन् । अनि त्यसको सचेत अंगले यो स्थितिको निकाश के होला भनेर सोच्न थालेको छ । त्यसैले आज जीवन्त क्रान्तिकारी मार्ग दर्शक कमरेड पुष्पलालको खोजी हुन थालेको छ । उनले देशमा आरम्भ गरेको यो आन्दोलनले जुन राष्ट्रियता, जनतन्त्र र जनजीबिकाको रक्षा र सुदृढीकरणको आधारभूत धेयका लागि अग्रता लिएको थियो त्यसको पुनः चर्चा हुन थालेको छ । अनि नयाँ जनबाद र बैज्ञानिक समाजबादको जुन धेय यो आन्दोलनले अघि सारेको थियो त्यसको अझ गहिरो गरी चिन्तन मनन गरिनु पर्ने आवश्यकता औंल्याउन थालिएको छ।
हुन त देश र जनताको अग्रगामी शतत प्रगति र बिकासको बाधाहरुलाई पञ्छाउन एउटा सिन्को पनि नभाँचेका र बैचारिक बौद्धिक र ब्यवहारिक कुनै दृष्टिकोणले पनि समाजलाई कुनै दिग्दर्शन गराउन सक्ने योग्यता र अनुभव नभएका मानिसहरुलाई समेत अचेल नायक र जननेताकोरुपमा प्रस्तुत गर्ने गलत परम्परा बसे बसाइएको छ । यस्तो खालको आजको हाम्रो समाजको भीडमा क. पुष्पलालको चिन्तन, चरित्र र ब्यवहारको अध्ययन र मनन गर्नु वास्तवमा पुरातात्विक खोज अनुसन्धानगर्दा जस्तै धेरै घोत्लिनुपर्ने स्थिति खडा भएको छ । नेपालको सन्दर्भमा क. पुष्पलाललाई धेरै मानिसहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने एउटा संस्थापक महासचिव तथा सामन्तबाद तथा साम्राज्यवादका बिरुद्ध क्रान्तिकारी बाम तथा लोकतान्त्रिक शक्ति एकजुट पार्ने संयुक्त जन आन्दोलनको नीतिको नीतिकार र आह्वानकर्ताको रुपमा मात्र प्रस्तुत गर्ने गरेको पाइन्छ । तर यतिले मात्र उनको समग्र र सही ब्यक्तित्वको बिल्कुलै उजागर हुँदैन । आज हामी जुन समाजमा क्रियाशील छौ र जस्तो परिवेशमा बाँचिरहेका छौ त्यसलाई गम्भीरतापूर्वका आत्मसात गर्दा क. पुष्पलालको पनि सही किसिमले मूल्यांकन गरिएन भने देशको कम्युनिष्ट तथा लोकतान्त्रिक क्रान्तिकारी जन आन्दोलको भविष्य नै अपूर्व खतरामा पर्ने कुरा निश्चित छ । हो, निश्चय पनि कामरेड पुष्पलाल एउटा क्रान्तिकारी कम्युनिष्ट नेता भएकाले र यस आन्दोलनको मर्म र भावनालाई राम्ररी बुझेको ब्यक्तित्व भएकाले कम्युनिष्ट समाजको स्थापना र भविष्यकाप्रति उनको अखण्ड र अटुट निष्ठा त थियो नै । अनि त्यसै आधारमा नेपाली समाजलाई यसको अतित, बर्तमान र भबिष्यलाई समेत गतिशीलरुपमा राम्ररी बुझ्ने केलाउने र सही निष्कर्श निकाल्न र अघि बढ्न मार्गदर्शन गर्ने दूरदर्शक र चिन्तक थिए वास्तवमा कामरेड पुष्पलाल !

त्यसैले नेपाली राजनीती र समाजको इतिहास बारेको उनको दृष्टिकोण र ब्याख्या अरु सबैखाले इतिहासबिद्हरुको भन्दा बेग्लै र कमरेड पुष्पलालकै शब्दमा ‘यथार्थ बस्तुस्थितिको आधारमा गरिएको बर्गीय बिश्लेषण्को निचोड’कोरुपमा आएको देखिन्छ । अरुअरुले जस्तो नेपालको समग्र इतिहालाई कामरेड पुष्पलालले बंशावली र घटनाहरुको बिवरणकोरुपमा रुपमा बिल्कुलै हेरेनन् बरु यसलाई मानब जातिको आजीविका के कसरी चल्दै आयो, जनताले के कसरी संघर्ष गर्दै आए र त्यस आजीबिकामा के कसरी परिबर्तन हुँदै आयो भन्ने एउटा गतिशील र द्वन्दात्मक परिप्रेक्षमा उनले नेपाली समाज बिकासलाई हेर्ने र केलाउने काम गरे । त्यसैले उनले नेपालका एकथरी इतिहासकारहरुले जस्तो नेपालको इतिहास भेडापालन, भैसीपालन, गाईपालनदेखि शुरु गरेर प्रस्तुत गर्ने जस्तो या अर्कोथरीले भारतको कुमाऊ गढवालतिरबाट यता नेपालतिर पसेका हिन्दू,धर्मावलम्बीहरु, खश बाहुनहरु र पछि भारतकै चित्तौरगढतिरबाट आएका राजपूत क्षेत्री र बाहुनहरुले यहाँका आदिबासीहरुलाई सभ्यता, सँस्कृति बिकासको बाटोमा डो¥याए भन्ने गर्दछन् यी इतिहासकारहरुले चाहेर वा नचाहेर नेपाली समाजलाई बिजेता र पराजितरुपमा प्रस्तुत गरेर जातिय बिद्वेषको बीऊ रोप्ने र मलजल गर्ने काम गरेका र गरिरहेका छन्, क. पुष्पलालले बिल्कुलै त्यसो गरेनन् उल्टै त्यसको बिरुद्ध रहे । क.पुष्पलालले इतिहासलाई जनताको आजीबिकाको संघर्ष र सोचको आधार र त्यसमा परिबर्तन हुँदै जाने जीवन्त र परिवर्तशील गतिबिधिकारुपमा हेरे र ब्याख्या गरे । यस सन्दर्भमा उनले लेखेको ‘नेपाली जन आन्दोलन ः एक समीक्षा’ एउटा ज्वलन्त र दूरगामी महत्वको उद्धाहरणीय कृति हो । आज त्यसको थप अध्ययन गरिनु पर्ने माग पनि भइरहेको छ ।

निश्चय नै कामरेड पुष्पलाल इतिहासका माथि उल्लेख गरिए जस्ता गलत र परम्परागत अबधारणालाई सच्याएर यसलाई द्वन्दात्मक तर एकताबद्ध गतिशील बिकासको रुपमा हेर्ने, ब्याख्या गर्ने र प्रस्तुत गर्ने तथा त्यसमा रहेका समस्याहरुलाई समाधान गर्ने प्रकृया र पद्धतिको क्रममा हेर्ने गर्दथे । अनि त्यसका लागि उनले बिभिन्न ऐतिहासिक तथ्य प्रमाणका आधारमा नेपालमा प्रचीन मातृसत्तात्मक समाज थियो भनेर औल्याएका र पुष्टी गरेका छन् । कालान्तरमा मातृसत्तात्मक त्यो समाज त्यस्तो कुनै उल्लेखनीय उथलपुथलबिना नै बिस्तारै बिघटनको सँघारमा पुग्यो र त्यसको ठाउँ पुरुष प्रधान समाजले लियो । यस क्रममा त्यसको आदि स्वरुप ग्रामीण ‘कबिलाई’ समाज र त्यसको मुखियाको रुपमा देखाप¥यो । तिनै कबिलाका मुखियाहरु नेपालका राजतन्त्रका बीज थिए । तिनै कबिला मुखियाहरुको आपसी संघर्षको क्रममा भूरे, टोले र टाकुरे राजाहरु देखापरे अनि ती भूरे, टोले र टाकुरे राजाहरुको परस्परको संघर्षबाट नेपालमा बाइसे, चौबिसे आदि राज्य र रजौटाहरुको उदय भयो । तिनको पनि परस्पर संघर्षबाट नेपालमा केन्द्रिय सामन्ती सत्ता राजतन्त्रको जन्म भएको हो र नेपालमा त्यसको नेतृत्व पृथ्वी नारायण शाहले गरेका हुन् । समाज बिकासको क्रममा यसको प्रगतिशील भूमिका देखिए पनि यो शोषणमा आधारित सामन्ती ब्यवस्था अन्तत बिघटन हुने र त्यसको ठाउँ नयाँ र त्यो भन्दा भिन्न उन्नत ब्यवस्थाले लिने बस्तुगत बर्गीय बिश्लेषणका आधारमा उल्लेख गरेका छन् । यसै आधारमा क. पुष्पलालले नेपालको शाहबंशीय राजतन्त्रलाई ‘राजतन्त्रको अन्तिम दीपशिखा’ भनेर जुन बिश्लेषण गरेका थिए आजको स्थितिले त्यसको प्रष्टसँग पुष्टी गरेको छ र उनलाई सप्रमाण नेपालको आधुनिक गणतन्त्रको पहिलो प्रबक्ता इतिहासले बनाइदिएको छ । यस परिपे्रक्षमा पृथ्वीनारायण शाहको भूमिकाका बारेमा पनि क. पुष्पलालको दृष्टिकोण भिन्न रहेको छ । बिभिन्न बिद्वानहरुले दक्षिणतिरको बढ्दो बृटिश साम्राज्यवादबाट नेपाललाई बचाउन र हिन्दू धर्मको पबित्रतालाई जोगाउन पृथ्वीनारायण शाहले सचेतरुपमा नेपालको एकीकरण अभियान चलाएका हुन भन्ने गरेका छन् । तर पुष्पलालले लेखेका छन् कि पश्चिमका बाइसे चौबिसे राज्य र बिशेष गरेर बागमती प्रदेशका काठमाण्डौ, पाटन र भक्तपुरका तीन राज्य अन्तरगत नेपालमा एउटा नयाँ ब्यवसायी बर्ग उदाएको थियो र त्यस बर्गलाई एउटा बिस्तृत राष्ट्रिय बजारको आवश्यकता थियो । तर बाइसे चौबिसे राज्यहरुको आपसी कलहले गर्दा र ती राज्यहरुका आ–आफ्नै राज्य नियम कानुनले गर्दा उदाउँदो ब्यवसायी बर्गको आवश्यकताको पूर्ति गर्न सम्भब थिएन र त्यो स्थिति सामाजिक प्रगतिको बाधक सावित भइरहेको थियो । त्यसैले सामाजिक प्रगतिका लागि यो बन्धन तोडिनुपर्ने आवश्यकता थियो । यही नयाँ भौतिक परिस्थिति पृथ्वीनारायण शाहको नेपालको एकीकरण अभियानको मूख्य आन्तरिक प्रेरणा श्रोत थियो । यद्यपि बाह्यरुपमा त्यो धर्म युद्धकै रुपमा आएको किन नहोस् । त्यसैले नेपालको एकीकरणपछि उद्योगधन्धाको नयाँ युगको प्रारम्भ हुने उज्याला लक्षणहरु देखा पर्न थालिसकेका थिए । तर त्यसपछिको राज्य नेतृत्व ओगट् आएका सामन्ती सरदारहरुको कारणले गर्दा नेपाल साम्राज्यवादी शक्तिको चंगुलमा फस्न पुग्यो र नेपालको बिकासका यावत बाटाहरु बन्द हुँदै आए । सामन्तबाद र साम्राज्यवादको यो आपसी गठबन्धनको बन्धक भएको नेपालको अर्थ–राजनीतिक अबस्था नै आजको नेपालको भयावह गरीबी,अभाव, पछौटेपनाको मूल कारण बन्यो र बनिरह्यो । त्यसैले कामरेड पुष्पलालले भनेका छन् सामन्तबाद र साम्राज्यवादको अन्त्य नै नेपाली समाजको उत्थान र प्रगतिको मूल बाटो हो । यही नै नयाँ जनवादी क्रान्तिको आवश्यकता र औचित्यको मूल आधार पनि हो ।
यस परिप्रेक्षमा नेपालको राजनीतिक बिकासको बारेमा पनि क. पुष्पलालको दृष्टिकोण पनि उन्नत र भिन्न छ । केन्द्रिय सामन्ती सत्ता स्थापना भए पछि राष्ट्रिय पुनर्जागरणको साटो समन्ती दरबारिया कलह बढ्दै गएर त्यस क्रममा आठपहरिया राणा जंगबहादुरले सत्ता कब्जा गरे पश्चात राजनीति ‘ए’ क्लासका राणाहरुबाट ‘बी’ क्लासका राणहरुमा सर्न थाल्यो । अनि ती ‘बी’ क्लासका राणहरुबाट भाइभारदार र तिनका नोकरचाकरमा राजनीति झ¥यो अनि नोकरचाकरबाट त्यो दरबारभन्दा बाहिर पनि पुग्न थाल्यो । बाहिर पुगेपछि राजनीति मध्यम बर्गको हातसम्म आइपुग्यो । त्यसै मध्यम बर्गले नेपालमा प्रजातान्त्रिक आन्दोनलको आरम्भ ग¥यो भन्ने कामरेड पुष्पलालको मान्यता रहेको छ । त्यो मध्यम बर्गको हातबाट पनि राजनीति अझ तल झर्दै ब्यापक जनताको हातमा अर्थात नेपाली मजदुर, किसानको हातमा पुग्ने आजको युगमा आइपुगेको छ भन्ने उनको प्रष्ट बिश्लेषण रहेको छ । तर जबसम्म यस मध्यम बर्गको घेराबाट राजनीतिलाई मुक्त गर्न सकिदैन र त्यसैमा अल्झिरहन्छ त्यसबेलासम्म नेपाली राजनीतिले कुनै न कुनै रुपमा दरबारिया परिबृत्तबाट त्यो सम्पूर्णरुपमा फुत्किन सक्तैन र त्यसकै वरिपरी चक्कर काटिरहेको हुन्छ । त्यसले गर्दा परिवर्तनको बोध आम जन समुदायसम्म पुग्न पाउँदैन भन्ने जुन बिश्लेषण उनले गरेका थिए आजको स्थितिले त्यसको जिउदो जाग्दो प्रमाण दिइरहेको छ । त्यसैले ब्यापक जनताका बिचमा राजनीतिले पदार्पण गर्नु पर्दछ भन्ने मान्यता अघि सार्दै क. पुष्पलालले नेपालको सन्दर्भमा राष्ट्रियता र जनवादको बारेमा के सार खिचेका छन् भने ‘लाखौं लाख झोपडीको एकता नै राष्ट्रियता हो र उनीहरुको हक हितको सुरक्षा नै जनवाद हो’ । यस दृष्टिकोणबाट हेर्दा पुष्पलाललाई नेपालमा बर्गीय र जन केन्द्रित राजनीतिको जनक भन्न कसैले हिच्किचाउनु पर्ने देखिदैन । यो मूल्यांकनले वास्तवमा उनलाई न्याय मात्र गर्दैन, उनको क्रान्तिकारी बिचारको रक्षा र बिकास गर्न समेत मार्ग प्रसस्त गर्दछ । नेपाली समाज परिवर्तनको सही दिशा र गति दिन कमरेड पुष्पलालका यी नै महत्वपूर्ण योगदानहरुको रक्षा र बिकासका लागि क्रान्तिकारी कम्युनिष्ट तथा सच्चा जनतान्त्रिक शक्तिहरु एक हुनुपर्ने आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता बन्न गएको यथार्थ हो । त्यसैले बर्गीय शोषण र सामाजिक उत्पीडनमा परेक सम्पूर्ण शोषित उत्पीडित मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी तथा अनन्त अन्याय, अपमान झेलिरहेका कथित दलित, अल्पसंख्यक, लोपोन्मुख र सीमान्तिकृत जाति, जन जाति समुदायले यो युगौदेखिको बर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्यका लागि अझ बढी सचेत, अझ बढी एकताबद्ध र संगठित, अनुशासित तथा संघर्षशील हुनुको कुनै बिकल्प नभएको औंल्याउदै कमरेड पुष्पलालप्रति उनको ४५औ स्मृति दिवसमा उच्च सम्मानकासाथ हार्दिक स्मरण ! कमरेड पुष्पलाल अमर रहुन् !

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक