शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

पत्रकार नै हुन् अभिजीत दीप्के । हाल उनी बिश्वभर चर्चित छन् । जताततै चासो छ , आखिर को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत दीप्के ? ‘आम आदमी पार्टी’सँग पुरानो कनेक्सन रहेको यिन्को बिगत छ ।

“दीप्केले भारतको पुणेबाट पत्रकारितामा स्नातक गरेका छन् भने अमेरिकाको बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन्समा स्नातकोत्तर गरेका छन् ।”

इन्स्टाग्राममा भारतीय जनता पार्टी (बीजेपी) लाई उछिन्दै चर्चामा आएको व्यंग्यात्मक ‘ककरोज जनता पार्टी’ (Cockroach Janta Party – CJP) का संस्थापक अभिजीत दीप्केको बारेमा चासो बढेको छ।

पुणेका ३० वर्षीय अभिजीत दीप्केले हालै मात्र सुरु गरेको यो डिजिटल आन्दोलनले छोटो समयमै ९० लाखभन्दा बढी इन्स्टाग्राम फलोअर्स बनाएर बीजेपीको आधिकारिक खातालाई पछाडि छोडिदिएको छ।

को हुन् अभिजीत दीप्के ?
अभिजीत दीप्के पुणेबाट पत्रकारितामा स्नातक गरेका भारतीय नागरिक हुन् । उनले अमेरिकाको प्रतिष्ठित बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन्समा स्नातकोत्तर गरेका थिए ।

उनी २०२० देखि २०२३ सम्म अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (AAP) सँग आबद्ध थिए। AAP को दिल्ली विधानसभा चुनावमा मीम्स र डिजिटल क्याम्पेनिङको क्षेत्रमा सक्रिय थिए। पछि उनी राजनीतिबाट अलग भएर उच्च शिक्षा र अन्य काममा संलग्न भएका थिए।

‘ककरोज जनता पार्टी’ को जन्म कसरी भयो ?
यो पार्टीको सुरुवात भारतका मुख्य न्यायाधीश सूर्यकान्तले सामाजिक सञ्जालमा सक्रिय युवाहरूलाई ‘ककरोच’ र ‘परजीवी’ भनेर गरेको टिप्पणीबाट भएको हो। उक्त टिप्पणीपछि युवाहरूमा उत्पन्न आक्रोशलाई दीप्केले ‘ककरोज जनता पार्टी’ मार्फत व्यंग्यात्मक रूप दिएका हुन्।

पार्टीले आफूलाई ‘युवाहरूको, युवाहरूद्वारा र युवाहरूका लागि’ राजनीतिक मञ्च भनेको छ। यसको नारा छ – ‘धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक र अल्छी’।

सदस्यता लिने फारममा नै व्यंग्य गरिएको छ। सदस्य बन्न ‘बेरोजगार, अल्छी, सधैं अनलाइन रहने र भडास निकाल्न रुचाउने’ हुनुपर्ने उल्लेख छ।

यसैबीच, पार्टीले ५-सूत्रीय घोषणापत्र जारी गरेको छ जसमा निम्न माग छन् :

१) न्यायाधीशहरूलाई सेवानिवृत्तिपछि कुनै पनि राजनीतिक नियुक्ति नदिने
२) महिलाका लागि संसद र मन्त्रिपरिषद्मा ५० प्रतिशत आरक्षण
३) दलबदलु (स्वार्थको लागि पार्टी परिवर्तन गरिरहने) नेताहरूमाथि २० वर्षको प्रतिबन्ध
४) परीक्षा पेपर लीकमा कडा कारबाही
५) युवा बेरोजगारी समाधान र मिडिया स्वतन्त्रता

‘ककरोज जनता पार्टी’ अहिलेसम्म भारतको निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छैन। तर यसले छोटो समयमै ठूलो युवा समर्थन जुटाएको छ। पार्टीले छिट्टै ‘जेन-जी भर्चुअल कन्फेरेन्स’ आयोजना गर्ने तयारी गरेको छ।

सामाजिक सञ्जालमा यो अभियानबारे मिश्रित प्रतिक्रिया आएको छ। कसैले यसलाई युवा असन्तुष्टिको ठूलो अभिव्यक्ति मानेका छन् भने कसैले सामान्य इन्टरनेट ट्रेन्ड मात्र भनेका छन्।

के यो अभियानले भविष्यमा ठोस राजनीतिक रूप लिन्छ वा केवल डिजिटल विद्रोहको रूपमा रहन्छ, त्यो भने समयले देखाउने छ।

यो पनि पढ्नुहोस्

भट्ट र अग्रवालसहित २९ विरुद्ध मुद्दा चलाउन सिफारिस, करिब २० अर्ब बिगो दाबी गर्न माग

भट्ट र अग्रवालसहित २९ विरुद्ध मुद्दा चलाउन सिफारिस, करिब २० अर्ब बिगो दाबी गर्न माग

५८ मिनेट अगाडि
नेपालको विरोधबीच भारतीय टोली लिपुलेक पास भएर मानसरोवर जाँदै

नेपालको विरोधबीच भारतीय टोली लिपुलेक पास भएर मानसरोवर जाँदै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सगरमाथामा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन बनिन् बियान्का

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

स्थानीय सरकारको गरिमा बढ्याे

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

लाइभ : प्रतिनिधिसभा बैठक सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक