बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यकाकाे फोहोर सम्झौताअनुरूप काम गरे फोहोर विसर्जनमा व्यवधान नहुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपत्यकाकाे फोहोर सम्झौताअनुरूप काम गरे फोहोर विसर्जनमा व्यवधान नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर आज पनि विसर्जन हुन सकेन।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।

बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो। बुधबारको समझदारीअनुरूप अहिले बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको फोहोर पुर्ने काम भइरहेको काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। ‘त्यहाँ फोहोर पुर्ने काम भइरहेको छ। स्थानीयसँग कुराकानी पनि भइरहेको छ। फोहोर विसर्जनका लागि हामीले प्रयास गरिरहेका छौं,’ श्रेष्ठले भने।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर अहिले पनि आफूहरू छलफलमै रहेको जनाउँछन्। ‘हामी संवेदनशील भएर छलफल गरिरहेका छौं, छिट्टै निकास निकाल्छौं, त्यहाँको समस्या समाधानमा महानगर गम्भीर छ,’ उनले भने।

सहरी विकास मन्त्रालयले सम्झौताअनुरूप काम गरे फोहोर विसर्जनमा व्यवधान नहुने ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईं जनाउँछन्। सहरी विकास मन्त्रालयमा भएको छलफलअनुसार फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्ने काम भइरहेको जनाए । त्यस्तै प्रभावित क्षेत्रको अध्ययनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको समूह पनि सिसडोल–बञ्चरेडाँडा क्षेत्र पुगेको छन्।

‘उहाँहरूले सोमबारदेखि अध्ययन थाल्ने जानकारी पाएका छौं, यसअघिको सम्झौता कार्यान्वयन र अहिलेको समस्या समाधानमा संघीय सरकार, काठमाडौं उपत्यकाका स्थानीय तह जिम्मेवार भए फोहोर विसर्जनमा समस्या हुँदैन,’ उनले भने।

धुनिबेसी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङले सहरी विकास मन्त्रालयले आइतबार छलफल गर्ने तयारी रहेको जनाए । ‘हामीलाई बैठकको सूचना त आएको छैन। बुधबारको छलफलमा धुनिबेसी र ककनीका प्रमुखहरू नभइसकेपछि त्यो बैठक टुंगोमा पुगेन। यहाँ अवरोध कायमै छ। अहिले फोहोरलाई माटोले पुर्ने (क्यापिङ) काम गरिरहेको छ,’ उनले भने।

बञ्चरेडाँडामा विसर्जनमा अवरोध भएपछि काठमाडौ उपत्यकामा ६ हजार ५ सय मेट्रिक टनभन्दा बढी फोहोर थुप्रिएको निजी संघ-संस्थाका संकलकले जनाए । ‘अहिले काठमाडौं उपत्यकामा ६ हजार ५०० सय मेट्रिक टनभन्दा बढी फोहोर थुप्रिएको छ। अधिकांश सडकमै छन्। फोहोर विसर्जनमा स्थानीयबाट सहयोग पाएका छैनौं। फोहोर पुर्न हिजो बिहान ५, अपराह्न ३ र आज बिहान पनि ५ वटा टिपर पठाएका थियौं,’ फोहोरमैला व्यवस्थापन संघ ९स्वमान०का महासचिव मित्र घिमिरेले भने।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

२ हप्ता अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक