सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको छ : मन्त्री श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको छ : मन्त्री श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको बताएका छन् । सञ्चार रजिष्ट्रारको कार्यालयले बुधबार ललितपुरमा आयोजना गरेको साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक विमोचन समारोहमा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षाका लागि दक्ष जनशक्ति र रणनीति बनाउनु आवश्यक रहेको बताए ।

उनले भने, ‘वाग्मती प्रदेशमा सूचना प्रविधि तथा साइबर सुरक्षासँग सम्बन्धित विषयका कानुन निर्माण गरी कार्यान्वयनमा लगिनेछ, अहिले साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको छ । संघीय साइबर सुरक्षा नीति आएसँगै प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित विषयमा सरोकारवाला निकायसँग छलफल गरेर परिमार्जन गरी कार्यान्वयन गर्न सकिने कानुन निर्माण गर्नेछौँ ।’

प्रदेशमा निर्माण भएका अव्यवहारिक कानुन संशोधनको क्रममा रहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले अगाडि भने, ‘सूचना प्रविधिको विकास र यसले निम्त्याएको चुनौतीको सामना गर्न संघ, प्रदेश र स्थानीय सरकारले एक्लै गर्न सक्दैन, सबै मिलेर साझा नीति तथा रणनीति बनाएर सामना गर्नुपर्ने हुन्छ, त्यो दिशामा प्रदेश सरकार प्रतिबद्ध भएर अगाडि बढिरहेको छ ।’

त्यस्तै पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रदेशमा निर्माण भएका धेरै कानुन संघीय सरकारले निर्माण गरेकाभन्दा पनि पश्चगामी भएको भन्दै संशोधन गरेर नागरिकमैत्री र कार्यान्वयनमा आउन सक्ने बनाउन आग्रह गरे ।

वाग्मती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले यस वर्ष साइबर सुरक्षाका साथसाथै जिल्ला तहका समाचारदातालाई लक्षित गरेर विधागत पत्रकारिताका लागि सहयोगी हुने गरी पुस्तक प्रकाशन गर्ने बताए । उनले ज्येष्ठ पत्रकारको अनुभवलाई पनि पुस्तकमा समेटेर प्रकाशन गर्ने तयारी सञ्चार रजिष्ट्रारको कार्यालयले गरिरहेको बताए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२३ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक