शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चार सय दस युवा विदेशमा बेपत्ता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
चार सय दस युवा विदेशमा बेपत्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको आठ वर्ष भयो । गएको तीन वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए।

नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्न थालेकाले कमाइ राम्रै थियो । उनले तीन वर्षसम्म मासिक ५० हजार रुपैयाँका दरले पैसा पठाए। दाजु नरेश अधिकारीले भने, “भाइको खोजीका लागि श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, दूतावास धेरैतिर हारगुहार गरियो तर अहिलेसम्म केही खबर पाएका छैनौँ ।”

विनोदजस्तै वैदेशिक रोजगारीकै सिलसिलामा परिवारको सम्पर्कविहीन भएका नेपाली युवाको सङ्ख्या धेरै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खर सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार गएको तीन वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ३१ जना महिलासहित ४१० नेपाली श्रमिक विदेशमै बेपत्ता भएका छन् । यो सङ्ख्या आव २०७६/७७ देखि २०७८/७९ सम्म श्रम स्वीकृति लिएर विदेशिएकामध्येको हो ।

सो अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २५४ हराएका छन् भने मलेसियामा १०५ जना हराएका छन् । यसैगरी कुवेतमा ४८ जना, साउदी अरबमा दुई जना र ओमानमा एक जना हराएको सो प्रतिवेदनमा उल्लेख छ । गोरखापत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

जीडीआई विकासशील विश्वभर साझेदारी

जीडीआई विकासशील विश्वभर साझेदारी

९ मिनेट अगाडि
कृष्णभिरमा पुनः सडक भासियाे

कृष्णभिरमा पुनः सडक भासियाे

११ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक