शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कार्बन–न्यूट्रल नभै सुखै नपाइने  बिश्वको यथार्थ कुरा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
आज बिश्वका अधिकांश देशहरुले भयंकर जलवायु संकटका बीच यस यर्थाथलाई स्वीकार गर्न बाध्य बनेका छन् कि कुनै अबेर नगरीकन अब कार्बन–न्यूट्रल बन्नै पर्ने छ । यसो नगरीकन अन्तर्राष्ट्रिय कारोबारमा परस्पर भौतिक सम्पर्कममा रहने स्थितिबाट पनि अलग्गिने र एक्लिने स्थिति बन्छ । यस प्रकारको स्थिति आउन दिइनु हुँदैन भन्ने सबैलाई लागिरहेकै  छ । यस सम्वन्धमा यूरोपेली संघ, जापान, गणतन्त्र कोरिया समेत  बिश्वका ११० भन्दा बढी देशहरुले आगामी २०५० सम्ममा कार्बन न्यूट्रालिटी प्राप्त गर्ने बचनबद्धता ब्यक्त गरिसकेका छन् भने चीनले २०६० र भारतले शायद २०७० सम्ममा कार्बन न्यूट्रल बन्ने भएका छन् ।
यूरोपेली संघले त त्यस्ता आयातहरुमाथि ‘कार्बन कर’ लगाउने सोच पनि बनाइरहेको छ कि जुन आयातको निर्माण ‘थ्रेसहोल्ड भ्याल्यु’भन्दा बयी उत्सर्जन हुन्छ । यस्तो स्थितिमा बाध्यताबस नै सही बिभिन्न देशहरुले आफ्नोमा जीबांश इन्धनको उत्पादन, उपभोगमा कडाभन्दा  कडा नियम लागु गरिरहेका छन् । त्यस अन्तर्गत प्रतिष्ठानहरु, उद्यमहरु या सेवाका क्षेत्रका प्रदाताहरुले बिभिन्न  गतिबिधिहरुलाई जारी राख्नका लागि या त सफा ऊर्जा श्रोतहरुको बिकल्प अबलम्बन गर्नु पर्ने हुन्छ अथवा प्रौद्योगिकीका गतिबिधि र पद्धतिहरुलाई शून्य कार्बन डाइअक्साईड उत्सर्जन अनुकूल तुल्याउनु पर्ने हुन्छ । डि–कार्बनाइजेशन या कार्बरहीत हुनु यसकारणले पनि आवश्यक हुन गएको छ कि बिश्वमा बढ्दो तापक्रमलाई १.५ डिग्री सेल्सियशमै स्थिर राख्न आज एकदमै महती आबश्यकता बन्न गएको छ । यति हुँदा हुदै पनि कोइला समेत जीवाश्म (फोसिल्स) इन्धनहरु प्राय सबैले निर्बाध उपयोग गर्ने छुट चाहन्छन् । यद्यपि आईपीसीसी(लतभचनयखभचलmभलतब िएबलभ ियल ऋष्mिबतभ ऋजबलनभ) को के मान्यता छ भने पृथ्बी गर्मी हुन  कूल कार्बन उत्सर्जनको अनुपातिक हुन्छ ।
बर्तमानमा बायुमण्डलमाा कार्बन डाई अक्साईडको सघनता बढ्दै नै गइरहेको अध्ययनकर्ताहरुको निष्कर्श छ । अमेरिकी संस्था एनओएए(ल्बतष्यलब िइअभबलष्अ बलम ब्तmयकउजभचष्अ ब्मmष्लष्कतचबतष्यल)का अनुसार मई २०२३ मा वायु मण्डलमा मासिक कार्बन डाई अक्साईडको सघनता रेकर्ड उच्चाईमा पुगेको थियो जुन पूर्ब औद्योगिक कालभन्दा ५० प्रतिशतले बढी थियो । बिश्वमा करीब ८५ प्रतिशत ऊर्जा जीवाश्म इन्धन कोइला, पेट्रोलियम र ग्यासबाट प्राप्त गर्ने गरिन्छ । पेट्रोलियम तथा ग्याससँग जोडिएका उद्योग त छन् तर फलाम, इस्पात, अल्मोनियम, सिमेण्ट, बिद्यूत, हाइड्रोजन, मलखाद, रसायनका उद्योगहरु पनि कार्बन इण्टेन्सिब छन् । स्टिल,सीमेण्ट, रसायन क्षेत्रका उद्योहरुबाट वायुमण्डलमा करीब २० प्रतिशत कार्बन डाई अक्साईड उत्पन्न हुनपुग्दछ । ठूल्ठूला उत्सर्जन कटौतिको हरेक क्षेत्रमा अत्यन्तै आवश्यकता छ । कार्बन  डाई अक्साईडलाई त वायुमण्डलबाट हटाइनै पर्दछ । तर केवल बोट बिरुवा वा रुखको जिम्मामा मात्रै कार्बन डाई अक्साई चुस्ने या सोसेर लिने काम सुम्पेर मानिसले जलवायु संकटको सामना गर्न सक्तैन । बृक्षले कार्बन डाई अक्साईडको उपयोग फोटोसिन्थेसिस तथा बायो–मास बढाउनमा अबश्य गर्दछन् । यसकारणले तिनले बायुमण्डलबाट कार्बन डाई अक्साईड हटाउनमा प्रभावी भूमिका खेल्दछन् । तिनबाट जमीन भित्र पनि कार्बन भण्डारण समेत हुन्छ । बहुतै धेर बायो–मास बढाउनु पर्ने हुन्छ । जंगलहरुमा आगलागि हुने जस्ता घटना पनि हुने गर्दछन् । हुनत ठूल्ठूला कम्पनीहरु, एयरलाईन्सहरु आदिले पनि जंगलबाटै कार्बन  क्याप्चर कै सहारा  लिइरहेका छन् । तिनले आफ्ना ग्रीनहाउस ग्यासको उत्सर्जनलाई न्यूट्रलाइज गर्ने, नेट शुन्य(जिरो) उत्सर्जनको लक्ष प्राप्त गर्नका लागि पनि यसैको सहारा लिइरहेका छन् ।
यसै बर्षा २०२३ को संयुक्त राष्ट्र संघको जलवायु सम्बन्धि बार्ताहरुको नेतृत्व गर्नका लािग घोषित कोप – २८ का मनोनित अध्यक्ष यूएईका उद्योग तथा एडभान्स टेक्नोलोजी मन्त्री डा. सुल्तान अल जबेरको एकदम खुलस्त भनाई छ जलवायु गणित जोड जाडका केही कुरा हुदैन यदि  त्यसमा कार्बन क्याप्चरको प्रकृयामा सामेल गरिदैन भने । बैकल्पिक ऊर्जाका सौर्य या पवन ऊर्जाको उपयोग पनि  गर्मी कम गर्नमा त्यत्तिको प्रभाकारी हुन सक्तैनन् । ११ मई २०२३ का दिन १५०० भन्दा बढी बिश्व नीति निर्माताहरु, औद्योगिक इनोभेटर्सहरुलाई यूएई क्लाइमेटको कन्फरेन्समा सम्बोधित गर्दै उनले भनेका थिए कि हामीले तीब्ररुपमा प्राबिधिक समाधानको खोजी गर्नै पर्दछ, जसले आर्थिकीलाई डिकार्बनाइजेशन गरोस् । उत्सर्जनहरुलाई आईपीपीसी प्रतिबेदनका अनुसार २०३० सम्ममा कम्तिमा ४३ प्रतिशत कम गरिनु पर्दछ । अहिले अमेरिकी बाइडेन प्रशासनले पनि अमेरिकाका पावर प्लाण्टका अपरेटर्सहरुलााई प्रष्ट निर्देशन दिएको छ कि उनीहरुले उत्सर्जन रोक्ने उपाय गर्नै पर्दछ  । अमेरिकाका जलवायु राजदूत केरीले पनि भनिसकेकी छन् कि समय आइसकेको कि अब तेल तथा ग्यास उत्पादनकर्ता, जसले के भन्दछन् भने उनीहरुले त्यस प्रबिधिमा महारत हासिल गरिसकेका छन् जसबाट उनीहरुको जीबाश्म इन्धन निकाल्ने तथा त्यसको उपभोग गर्ने कुरामा बिश्व गर्मी बढ्ने स्थिति अझ अरु नबिग्रियोस् भन्ने कुरा उनीहरुले सिद्धगरेका छन् कि यस्तो प्रबिधिलाई किफायत दरमा ब्यापकरुपमाा उपयोगमा ल्याउन सकिन्छ र अझ तीब्रताकासाथ जलवायु संकटलााई टार्न पनि सकिन्छ ।त्यहाँ तरल नेचुरल ग्यासका उत्पादकहरु पनि दाबी गरिरहेका छन् कि उनीहरुले डिकार्बनाइजेशन प्रबिधिमा ठूलो लगानी नेचुरल ग्यास बढीभन्दा बढी उत्पादन गर्दै जीरो ग्रीन हाउस उत्सर्जनसम्म  पनि पुग्नेछन् । अमेरिकामाा कूल कार्बन डाई अक्साईड उत्सर्जनमा पावर प्लाण्टहरुबाट ३१ प्रतिशत उत्सर्जन हुने गर्दछ । त्यहाँको सर्बोच्च अदालतले पनि भनिसकेको छ कि कार्बन डाई अक्साईड एउटा प्रदूषक हो । अब पावर प्लाण्टहरुले या त आफुलाई बन्द गर्नु पर्दछ या कम कार्बन उत्सर्जनलाई पालना गर्नु पर्दछ या कार्बन क्याप्चर कम गर्ने सीसीएस बचन दिनु पर्दछ ।
सीसीएस अर्थात कार्बन क्याप्चर एबं स्टोरेज प्रबिधिमाा औद्योगिक प्रकृयाा पद्धतिहरुभन्दा पहिला कार्बन डाई अक्साईडलाई पक्रिएर बाहिर निकालिने गरिन्छ । अनि फेरि त्यो पक्रिएको कार्बन आई अक्साईडलाई जमिन मुनि धेरै गहिरोमा शेल पत्र याि सागरको तल्लो सतहमा या पुरानो सुप्त रहेको ज्वालामुखीमा पनि भण्डार गर्ने गरिन्छ । त्यस्तो भण्डारणका लागि त्यसलाई पाइपलाईनबाट स्थानान्तरण पनि गर्नु पर्ने हुन्छ । तर जबसम्म कार्बन डाई अक्साईड निकै बढी हुँदैन सीसीए प्रबिधि अपनाउनु ब्यबसायिक हिसाबले लाभकारी नहुनसक्छ । उदाहरणका लागि पावर प्लाण्टहरुमा एथनोल या अमोनिया जस्ता अन्य औद्योगिक उत्पादनहरुको सपेक्ष कम कार्बन डाई अक्साईड  पैदा हुने गर्दछन् । कार्बन क्याप्चर्स टेक्नोलोजीबाट पावर प्लाण्टहरुबाट कोइला या ग्यासभन्दा सफा बिद्यूत त निश्चय नै पैदा हुन्छ तर त्यो उपभोक्ताका लागि डेढदेखि दुइ गुणा महँगो पर्न सक्कछ । तरीका जुनसुकै होस् कार्बन डाई अक्साईड उत्सर्जनलाई कमभन्दा कम गर्नै पर्ने हुन्छ तब मात्र संसार बाँँच्दछ । यसमा सफलता चार साधनबाट हुन्छ – बिबेक, श्रम, आत्मबल  र ब्यबहारिकता । यसमा ध्यान केन्द्रित गर्नै पर्दछ ।

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक