शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास समिति खारेजीको प्रस्ताव मन्त्रालयले नगरेको स्पष्ट पार्नुभयो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास समिति खारेजीको प्रस्ताव मन्त्रालयले नगरेको स्पष्ट पार्नुभयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास समिति खारेजीको प्रस्ताव आफ्नो मन्त्रालयले नगरेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा उहाँले अर्थ मन्त्रालयले बोर्ड र समितिलाई खारेज गरेको प्रस्ताव कृषि मन्त्रालयले गरेको थिएन तर बजेट मन्तव्यमार्फत नै खारेज भएको जनाउनुभयो ।

यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत सरोकारवालासँग कुराकानी भइरहेको जनाउनुभयो ।

मन्त्री भुसालले सरकारले नेपालमा फलफूल उत्पादन र खरिद गर्नुपर्ने कुरा उठे पनि सरकारले खरिद गर्न नसक्ने जनाउनुभयो । कालीमाटी तरकारी बजारमा केही दिनपहिले टमाटर फाल्ने काम किसानले नगरेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “कालीमाटीमा किसानले टमाटर फालेको होइन, राजनीतिबाट प्रेरित भएर कसैले फालेका हुन्, त्यसबारेमा छानबिन गर्छौं ।”

किसानले नफालेको कुरा स्पष्ट छ तर अरू कसले फालेका छन् त्यसबारेमा छानबिन हुन बाँकी रहेको उहाँले बताउनुभयो । उत्पादन भएको वस्तुलाई सरकारले बजार व्यवस्थापन गर्न सक्छ तर त्यसलाई खरिद गर्न नसकिने जनाउँदै उहाँले उत्पादित वस्तु खरिदका लागि व्यापार गर्नुपर्छ तर व्यापार गर्न सम्भव नरहेको जनाउनुभयो ।

“सरकारले उत्पादित वस्तुको समर्थन मूल्य तोक्न सक्छ तर बिक्री नभएको वस्तु खरिद गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही वस्तु खरिद बिक्री गरिरहेको छ तर ऊ पनि क्षमताभन्दा बाहिर जान सक्दैन ।”

उहाँले रासायनिक मल निजी क्षेत्रलाई गुणस्तरको ग्यारेन्टी र अनुदान दिने निश्चितता नभएसम्म निजी क्षेत्रलाई दिन नसकिने बताउँदै यस पटक किसानका लागि मलको हाहाकार नहोस् भनी कृषि मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको जनाउनुभयो । रासायनिक मल अभाव हुन नदिनका लागि मल आयात गरी भण्डार गरिरहेको बताउँदै उहाँले उत्पादन वृद्धि गर्न किसानलाई अनुदान चाहिन्छ भन्ने र निजी क्षेत्रलाई मल आयात गर्न दिँदा किसानले अनुदान पाउन नसक्ने स्पष्ट पार्नुभयो ।

सरकारले रासायनिक मललाई अत्यावश्यक वस्तुको सेवामा राखेर आयात र वितरण गरिरहेको बताउँदै उहाँले मल वितरणमा स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउन आवश्यक रहेको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक