आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसंग आफ्नो चाहनाबमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पु¥याउनु रहेको छ ।

स्मार्टफोन आजका दिनमा नभई नहुने अत्यावश्यक सामग्री भैसकेको छ । मानिसहरु आफ्नो फोनमा यति निर्भर रहने भैसकेकी स्मार्टफोन बिनाको जीवनको परिकल्पना पनि गर्न नसक्ने भैसकेका छन् । यसका अतिरिक्त, विश्व अब डिजिटलमय हुँदै गैरहेको छ, र मानिसहरु अझ धेरै प्राविधिक रुपमा एड्भान्स हुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रो स्मार्टफोनहरुको माग दिनप्रति दिन बढीरहेको छ । मानिसहरु स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरु आफ्नो खर्चको सीमाको कारण बाँधिएका छन् । यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पु¥याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको छ । सामसङ इन्स्टा फाइनान्स एक झँझट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शुन्य रहेको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने,“सामसङ आज आफ्नो ग्राहकहरुकै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं । हामी उनीहरुको आवश्यकता र जरुरतहरुलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।”

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ । यो एक अत्यन्त महत्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरुलाई सुलभ तरिकाले सबैको पहुँचमा पु¥याउन शुरु गरेको छ । ग्राहकहरु जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर हो ।

सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?

यो अत्यन्त सरल, झँझटरहित, र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुरुत पर्ने छैन । ग्राहकहरुले केही सामान्य प्रक्रियाहरु पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ । यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणिकरण भएपछि ग्राहकहरुले कानूनी कागजातहमा हस्ताक्षर गर्नुपर्नेछ, त्यसपश्चात् उनीहरुले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यो कार्यक्रम ग्राहकहरु र स्मार्टफोन रिटेलरहरु दुबैका लागि लाभदायक हुनेछ । ग्राहकहरुले सजिलै ऋण सुविधा पहुँच गर्न सक्दछन, न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरु खरिद वा अपग्रेड गर्न सक्दछन भने स्मार्टफोन रिटेलरहरु पनि अझै धेरै स्मार्टफोन बेचेर आफ्नो ब्यापार वृद्धि गराउन सक्नेछन । यसर्थ, यो सबैका लागि जितै जितको अवस्था हो ।

यो पनि पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

१२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक