आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

रुपेशको भारतीय आईएमसँग बराबरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रुपेशको भारतीय आईएमसँग बराबरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको शुक्रबार पाँचौ चरण समाप्तिमा भारतीय २४१५ रेटेड इन्टरनेसनल मास्टर नुबैर शाह शेख साढे ४ अंकसहित शीर्षस्थानमा छन् । भारतीय ग्रान्ड मास्टर २५०८ रेटेड सयतन दास र पाकिस्तानी फिडे मास्टर २०४६ रेटेड अमिर करिम ४ अंकसहित संयुक्त दोस्रो स्थानमा छन् ।

नुबैरलाई चौथो चरणमा नेपाल च्याम्पियन फिडे मास्टर २१४६ रेटेड रुपेश जैसवालले बराबरीमा रोकेका थिए । नुबैरले पाँचौं चरणमा पूर्व नेपाल च्याम्पियन २०३२ सूरवीर लामालाई हराएका थिए ।

रुपेशले नुबैरसँगको प्रतिस्पर्धात्मक खेलमा कालो गोटी लिएर खेल सुरु गरेका थिए । खेलको मध्यभागसम्म पुग्दा खेल कठिन मोडमा पुगे । दुबै खेलाडीले खतरा मोल्न चाहेनन् र खेलको ३९ औं चालमा बराबरी गर्न दुवै सहमत भए । नुबैरलाई सूरवीरले कडा टक्कर दिए पनि ४४ औं चालमा खेल त्याग्न बाध्य भए ।

उच्च वरीयताका भारतका ग्रान्ड मास्टर सयतनका लागि शुक्रबार दुवै चरण सुखद भयो । उनले चौथोमा बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहम्मदलाई पराजित गरे भने पाँचौंमा नेपालका फिडे मास्टर २०२८ रेटेड क्षितिज भण्डारीमाथि जित आत्मसात गरे ।

पाकिस्तानी २०४६ रेटेड अमिरले पनि दुवै खेलमा सफलता पाए । उनले पाँचौंमा नेपालका १८२८ रेटेड पुरुषोत्तम सिलवाल र चौथोमा बंगलादेशका फिडे मास्टर २२१२ रेटेड हसन पराग मोहम्मदलाई हराए ।

ललितपुरको गोदावरी भइरहेको प्रतियोगितामा नेपालका रुपेश जैसवाल, क्षितिज भण्डारी र बंगलादेशका हसन परागले साढे २ अंक जोडेका छन् भने पुरुषोत्तम सिलवाल र अब्दुल मलेकको २ अंक छ ।

महिलातर्फ चौथो चरण सकिँदा भारतीय आईएम २२२५ रेटेड साक्षी आनान्दले ४ अंक जोडेर एकल अग्रता लिएकी छन् ।

१९१३ रेटेड बंगलादेशकी डिफेन्डिङ च्याम्पियन वाहिदा वादिफा ३ अंककहित दोस्रो स्थानमा छन् ।

नेपालकी महिला राष्ट्रिय विजेता फिडे मास्टर १७५३ रेटेड सुजना लोहनी साढे २ अंकसहित तेस्रो स्थानमा छन् । सुजनाका लागि तेस्रो र चौथो चरणको खेल राम्रो भयो । उनले रिया श्रेष्ठले माथि सफलता हात पारिन् भने चौथो चरणमा बंगलादेशकी जन्नत उलसंग बराबरी खेलिन् ।

नेपालका शान्ति धिमाल र रियाले २ अंक बटुलेका छन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक