बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

धान भित्र्याउने बेला भएको वर्षाले उत्पादन घट्यो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
धान भित्र्याउने बेला भएको वर्षाले उत्पादन घट्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ढाेरपाटन – समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे। रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए। जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो। लगातारको वर्षाले भित्र्याउनै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो।

मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो। तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन्। जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो। बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षमा १२ मुरी धान उत्पादन भएकामा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पुर्‍याउँदा सात मुरी मात्रै स्याहारेको बताउँछन्।

केसी भन्छन्, ‘यसपालि धान निकै राम्रो भएको थियो, पोहोर परार सालकोभन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्याहार्ने बेला एक्कासी एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरि भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो।’

अहिलेकोभन्दा अघिल्ला सालमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाए। ‘पहिलापहिला अहिलेकोभन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानुपथ्र्यो, अहिले त झन्, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो’, केसीले भने।

स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा ठूलो क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरे। उनले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताए।

असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो गरे। सापकोटले भने, ‘यो वर्ष बेमौसमको वर्षाले किसानलाई धेरै दुःखी बनायो, बर्खाभरि दुःख गरेर धान लगाइयो, भित्र्याउने बेला पानीले खेतबारी बगाइदियो, यसपालि धान धेरै फलेको थियो, पानी बेलामाथि पर्दा सिँचाइ पनि राम्रो भएको थियो, तर काट्ने बेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नुपर्‍यो।

कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताए। उनले यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतभन्दा बढीले कमी आएको बताए।

अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उनको भनाइ छ। ‘यस वर्ष धान राम्रो हुन्छ भन्ने अनुमान हामीले गरेका थियौँ, किनकि समयमै वर्षा भएको थियो, त्यसले गर्दा सिँचाइ पर्याप्त भएको थियो, अलिकति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो’, प्रमुख भट्टराईले भने, ‘जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षति पुगेको थियो।’

गत वर्ष जिल्लाभर पाँचभन्दा केही बढी हेक्टर क्षेत्रफलमा धान लगाइएकामा यस वर्ष ६ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आकलन गरिएको उनको भनाइ छ। अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष १८ हजार ६ सय ९० मेट्रिकटन धान उत्पादन भएको भट्टराईको भनाइ छ।

तुलनात्मक रुपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो। तर त्यसो हुन सकेन। बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। ६ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ। – रासस

यो पनि पढ्नुहोस्

इरानले जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव अघि सारे

तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

३७ मिनेट अगाडि
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक