काठमाडौं । विराटनगर महानगरपालिका-७ पिपल चोकमा बा.७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सागर भगतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-१ स्थित सडकमा को.२ त ४६७६ नम्बरको ट्याक्टरबाट लडेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा सवार ओखलढुङगा मानेभन्ज्याङ गाउँपालिका-६ सोक्माटार बस्ने ५३ वर्षीय मकर ध्वज राईको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भोजपुर, अरुण गाउँपालिका-६ माझिटारस्थित सडकमा को.२ ह ७४८५ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया धनमाया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङकाे धुनिवेशी नगरपालिका-५ अर्जुनटारस्थित सडकमा प्र.२-०२-००१ ह १४५० नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ६५ वर्षीय अम्बर 5 बहादुर मानन्धरको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


