काठमाडौं । दाङ, राप्ती गाउँपालिका-३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३-०२-०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ भगवानपुर बस्ने ३० वर्षीय प्रबिन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुबाङ अस्पताल भालुबाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लुम्बिनी सिटि अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२६ बस्ने पर्वत जलजला गाउँपालिका-५ घर भएका ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा, वालिङ नगरपालिका-९ गाईश्वारास्थित सडकमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ग.१ त ५७६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-१० बस्ने ६१ वर्षीय नन्दलाल बुढा मगर र सोही नगरपालिका-१० बस्ने पर्वत घर भएका ४३ वर्षीय प्रेम राना मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही स्वास्थ्य केन्द्र तथा ट्याक्टर चालकको गण्डकी मेडिकल कलेज पोखरा कास्कीमा उपचार भइरहेको छ ।
दैलेख, गुराँस गाउँपालिका-४ चिसापानीस्थित सडकमा लु.प्र.०२-००१ क ०१९३ नम्बरको ट्रकमा क.प्र.०२-००३ प २२१० नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ बस्ने ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, जीराभवानी गाउँपालिका-५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ सखुबनिया टोल बस्ने ४५ वर्षीय संजय खवासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


