आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  – दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन्।

तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन।

चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न थालेको छ। एक विघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दागोभी तयार भए पनि बेच्न समस्या भएको छ। बजारमा सस्तोमा पाउन थालेपछि बन्दागोभी बिक्री गर्न समस्या भएको उनको भनाइ छ।

‘घरखर्च धान्न सकिएला कि भनेर एक विघामा बन्दागोभी लगाएको थिएँ, बिक्री गर्न नसक्दा सुक्न थालेको छ,’ चौधरीले भने,’खरिद गर्न कोही पनि आएका छैनन्।’ प्रतिकिलो रु पाँचका दरले बन्दागोभी किन्न आउँदा बिक्री नगरेको उनको भनाइ छ।

चौधरीले रु ७० हजार खर्च गरेर एक विघा जमिनमा बन्दागोभी लगाएको बताए। उनले भने, ‘बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन्, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु।’ प्रतिकिलो रु पाँचमा बन्दागोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उनको भनाइ छ।

हाल पाउँदै गरेको मूल्यले बन्दागोभीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी  बताउँछन्।  ‘व्यापारीसित समन्वय गर्दा बन्दागोभीको बजार छैन भन्ने खबर पाएँ,’ उनले भने। यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दागोभी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ–धौ भएको उनले बताए।

विगत दश वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले बन्दागोभी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिएका थिए। ‘बन्दागोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन,’ उनले भने।

तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउँछन्। ‘अब बन्दागोभी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ,’ उनले भने। जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन्। – रासस

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक