शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भोजपुर ।  यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ। धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो।

सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको रु ३० लाख र गाउँपालिकाको ४० लाख गरी ७० लाख लागत साझेदारीमा काम भइरहेको छ।

यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माण गरेर निर्माणको काम अघि बढाइएको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए। यहाँ गुप्तेश्वर मन्दिर निर्माण तथा घेराबारा र आवश्यक संरचना निर्माण गरिने छ। यहाँ निर्माण हुने सबै संरचनाको चार करोडको बराबरको डिपिआर तयार भएको उनले बताए।

‘धार्मिक क्षेत्रका रूपमा विकास गर्न गुप्तेश्वर महादेवको संरक्षण थालेका हौँँ’, उनले भने, ‘अहिले विस्तृत परियोजना प्रतिवेदन नै तयार गरेर काम थालेका छौँ । यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ मन्दिर उत्पत्ति भएपछि यहाँ देशका विभिन्न ठाउँबाट मानिस दर्शनका लागि आउने गरेका कारण यसको विकास गर्दै प्रचार–प्रसारमा जोड दिने उनकोभनाइ छ।

यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके यहाँका स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने वडाध्यक्ष रामु थापामगरले बताए।

प्राकृतिक स्वरुपलाई यथावत राख्दै आवश्यक विकासको काम गरिने उहाँको भनाइ छ । ‘यो एउटा विशेष धार्मिक महत्व बोकेको स्थल हो’, उनले भने, ‘यो ठाउँलाई संरक्षण गरेर विकास गर्न आवश्यक छ, धार्मिक क्षेत्रका रूपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिक उपार्जनमा टेवा दिने उद्देश्य छ।’

यो मन्दिरमुनि रहेको पाँचेधारे मुहानबाट मिनिरल वाटरको उद्योग सञ्चालनका लागि समेत आवश्यक प्रक्रियाको काम भइरहेको छ। यो भेगको आसपासमा रहेका पाँचवटा मुहानमध्ये यहाँको पानी उत्कृष्ट रहेकाले यो अवधारणा अघि बढाइएको गाउँपालिकाका योजना शाखाका प्राविधिक ज्ञानराज भट्टराईले जानकारी दिए। ‘यो ठाउँबाट मिनिरल वाटर उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘यहाँ भएका पाँचवटा मुहानमध्ये यो मुहान पानी उद्योगका लागि उत्कृष्ट देखिएको छ। अब यहाँ उद्योग पनि सञ्चालनमा आउँछ।’

यो क्षेत्रमा जलधारको राम्रो सम्भवना रहेकाले पानी मुहानसँगै यहाँको पञ्चकञ्या देवीथानको पनि संरक्षण भइरहेको स्थानीयवासी तथा वडासदस्य टेकराज भट्टराईले जानकारी दिए। यहाँका पानीका मुहान रहेको ठाउँलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने काम भइरहेको उहाँको भनाइ छ।

वन तथा वातावरण मन्त्रालयको नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत २५ लाख लागतमा तीनधारे र पात्लेखेत भुल्भुले मुहानको संरक्षण थालिएको हो । यही भुलभुले मुहानको नामबाट गाउँको नामसमेत भुल्के रहेको स्थानीयको भनाइ छ । यो ठाउँको भुलभुलेबाट गुप्तेश्वरसम्म पाँचवटा मुहान छन्। यी मुहानमा बाह्रै महिना एकनासले पानी आइरहने स्थानीयवासीले जानकारी दिए । मुहान संरक्षणको काम थालिएकाले यहाँको विकासमा टेवा पुग्ने स्थानीयको भनाइ छ। RSS

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक