शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मूलढोकामा मिटरब्याजीको ताला, घर धनी सडकमा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  / महागढीमाई नगरपालिका–३ गन्जभवानीपुरका विनोद महरा चमारले २०७४ मा छिमेकी राधामोहन कलवारबाट १० लाख रुपैयाँमा १० धुर घडेरी खरिद गरे । ७ लाख तिरेर ३ लाख बाँकी राखी कित्ता नम्बर १२२३, १२२४ र १२३० को घडेरी राधामोहनकै नाममा अमानतमा राखे । ३ लाख बाँकीकै कारण विनोदका नाममा जग्गा पास भएन ।

एक वर्षपछि जग्गाधनी राधामोहनले बाँकी ३ लाख रकम माग्दै ताकेता गर्न थालेपछि विनोदले पचरौता नगरपालिका–७ बेनौलीका शिवजीप्रसाद साह कलवारसित १२ लाख ऋण लिए । ३ लाखको ब्याज जोडेर राधामोहनलाई फर्काए । बचेको रकम, छिमेकीसित सापट र लघुवित्तबाट ऋण लिएर विनोदले घडेरीमा पक्की घर बनाएर बस्न थाले । पछि उनले राधामोहनसित खरिद गरेको अमानतमा रहेको घडेरी भने शिवजीको नाममा २०७७ असोजमा पास गराइदिए । घडेरी पास गरेपछि विनोदले शिवजीसित थप ५ लाख ऋण लिए । यति गरेर कुल ऋण १७ लाखको साँवा/ब्याज किस्तामा तिर्न थाले । साढे २ वर्षयता किस्तामै शिवजीलाई १४ लाख तिरिसकेको विनोदको भनाइ छ । १७ लाख ऋण दिएर घडेरी नाममा गराएको बाहेक शिवजीले विनोदका ससुरा बिजुली महरासित चेकमा सही गराएर रकम लिनुका साथै खाली चेक पनि लिएका छन् । ५० लाखको तमसुक पनि बनाउन लगाएका छन् ।

घडेरीमा विनोदले पक्की घर बनाएर बस्न थालिसकेकाले शिवजीले मासिक ६ हजार घर भाडा तिर्ने गरी करारनामासमेत बनाउन लगाएका छन् । २०७७ असोज २२ मा तीन वर्षका लागि करारनामा गरिएको हो । त्यसबेला शिवजीले घडेरी आफ्नो नाममा पास गराइसकेका थिए । करारनामामा बिजुली र पानीको रकम दुवै पक्षले तिर्ने सर्त छ ।

विनोदले शिवजीलाई सकेजति साँवाको किस्ता र ब्याज तिर्दै गए । ३ हजारदेखि २ लाखसम्म गरी पटकपटक १४ लाखसम्म तिरिसकेको भर्पाई आफूसित राखेको विनोदको भनाइ छ । आफूले तिरेको साँवाब्याजको भर्पाई शिवजीले डायरीमा सहीछाप गरी बुझेर दिएको उनले बताए । ‘तर शिवजीले ब्याजको ब्याज जोड्दै गएकाले मोटो रकम पुगेपछि ६५ लाखमा घडेरी र घर बिक्री गरिदिने भन्दै धम्काउँदै आएका छन्,’ उनले भने, ‘घरमा ताला लगाइदिएका छन्, घर बिक्री गर्न अरूबाट बैना पनि लिइसकेका छन् । घरमा लगाएको तालाको साँचो उनको हातमा छ, हामी ५ जना एक वर्षदेखि सडकमा छौं ।’ घरको साँचो माग्दा शिवजीले घरी ३५ लाख, घरी ५० लाख देऊ अनि साँचो दिन्छु भन्ने गरेको विनोदले बताए । अहिले उनीहरू निजगढमा मजदुरी गरेर गुजारा चलाइरहेका छन् । शुक्रबार सन्तानसहित झोला बोकेर गाउँ पुग्दा उनको घरको मूल ढोकामा मिटरब्याजीको ताला लागिरहेको थियो ।

ऋण दिने शिवजी महागढीमाईभन्दा २० किमि दक्षिणी गाउँ बेनौलीका बासिन्दा हुन् । ‘बाँकी ऋण तिर्न तयार छौं तर घरमा बस्न दिनु भन्दा मानेका छैनन्,’ विनोदकी पत्नी संगीताले भनिन् । लेखपढ गर्न नसक्ने विनोद डकर्मी (पक्की घर बनाउने) काम गर्छन्, संगीताले भने एसएलसीसम्म पढेकी छन् । उनीहरूका २ छोरी र १ छोरा छन् । मिटरब्याजविरुद्धको उजुरी फाराम जिल्ला प्रशासन कार्यालयबाट लिएको र बिदा परेकाले प्रशासनमा उजुरी गर्न नसकेको उनले बताइन् । अब कानुनी उपचारमै जाने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक