शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लुम्बिनी – गौतमबुद्धको जन्म, बुद्धत्व लाभ र महापरिनिर्वाण गरेको दिनको रूपमा आज बुद्ध पूर्णिमा मनाइँदैछ।

गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण घटनाहरू जन्म (इ.पू. ५६३, लुम्बिनी), बुद्धत्व लाभ (इ.पू. ५२८, बोधगया) र महापरिनिर्वाण (इ.पू. ४८३, कुशीनगर) वैशाख पूर्णिमाकै दिन परेका कारण यस दिनलाई ‘त्रिसंयोग’ पनि भनिन्छ र बौद्धहरू श्रद्धासाथ बुद्धको स्मरण र धर्मोपदेश मनन् गर्दै उत्सव मनाउँछन्।

बुद्धको जन्मस्थल लुम्बिनीमा २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसका रूपमा विशेष उत्सवका रुपमा मनाइँदै छ। लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीसहित बृहत लुम्बिनी क्षेत्रमा विविध कार्यक्रम गरी ती दिनदेखि मनाउन थालेको हो।

शुक्रबार बिहान मायादेवी मन्दिरमा पूर्णिमा पूजा गरिएको छ। शाक्यमुनि बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूर्णिमाका दिन भएको थियो। बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन भएकाले यो अत्यन्तै महत्वपूर्ण दिनका रुपमा लिइने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बताए। उनले भगवान बुद्धको सन्देश शान्ति, अहिंसा र करुणाको सन्देश विश्वले आत्मसाथ गरेको बताए।

कोषले कोरोना महामारीपछि उत्सवमय रुपमा मनाउन बुद्धजयन्ती मनाउन नपाएकाले यस वर्ष उत्सवमय बनाइएको उनले बताए। कोषले शुक्रबार (आज) बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८० मुल समारोहको आयोजना गरेको छ। बिहान पूर्णिमा पूजा गरिएको र ९ बजे बुद्धजयन्ती समारोहको आयोजना गरिएको कोषका सदस्य सचिव सानुुराजा शाक्यले जानकारी दिए।

औपचारिक समारोह अघि ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्याली निकालिने छ। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्। समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसद सहित कुटनितिक नियोग, विदेशी पाहुँनाहरूको समेत सहभागिता रहने शाक्यले बताए।

शुक्रबार नै बुद्धको अस्तुधातु रहेको नवलारासीको रामग्रामममा अस्तुधातु यात्रा निकालिने भएको छ। पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्धजयन्ती विशेष समारोहको आयोजना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।

रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला श्रीपालीले सम्बोधन गर्ने कार्यक्रम छ। रामग्राममा प्रधानमन्त्री प्रचण्डसमेत जाने कार्यक्रम रहेको छ बुद्धको मावली देवदहमा वैशाख १९ गते बिहीबार बौद्धधर्मग्रन्थमा महत्वपूर्ण मानिने देवदह सुत्त र तीन बौद्ध नारी विभुति-परिचर्चा प्रवचन एवम् बुद्धजयन्ती दिवस समारोह गरिएको थियो।

शनिबार मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकको रूपमा मायादेवी शोभायात्रा गरिने कोषले जनाएको छ।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक