शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

फिनल्यान्डमा ‘मानव तस्करी र ठगी’ अभियोगमा एनआरएन अगुवालाई सजाय

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
१ लाख २६ हजार कतारी रियलसहित टर्किस नागरिक पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — फिनल्यान्डमा  ‘मानव तस्करी र ठगी’ अभियोगमा एनआरएन अगुवालाई स्थानीय अदालतले सजाय सुनाएको छ । राजधानी हेलसिन्कीमा रहेको नेपाली रेस्टुराँमा दुई नेपाली कामदारलाई वर्षौंसम्म तलब, सेवा–सुविधा नदिएको र निरन्तर मानव तस्करी गरेको पुष्टि भएपछि स्थानीय जिल्ला अदालतले रेस्टुराँका नेपाली मालिकलाई क्षतिपूर्ति भराउनेसहितको सजाय सुनाएको हो ।

फिनल्यान्डमा नेपाली रेस्टुराँ प्रवर्द्धनसहित गैरआवासीय नेपाली संघको संस्थापकको हैसियतमा रहेका देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मन्जु शर्मालाई विपक्षी बनाएर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा शुक्रबार आएको फैसलामा दुवै पीडित कामदारका पक्षमा फैसला सुनाएको हो । दोलखा, मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले दायर गरेको मुद्दामा अदालतले थापाका पक्षमा झन्डै २ करोड ४० लाख रुपैयाँ र खरेलका पक्षमा झन्डै १ करोड ८२ लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने आदेश दिएको हो ।

रेस्टुराँ हिमालयका सञ्चालक दम्पतीद्वयलाई एक वर्ष ८ महिना जेल सजायको निर्णयसमेत अदालतले सुनाएको छ । तर, जेल सजायको हकमा भने ‘कन्डिसनल’ (ऐच्छिक)भन्दै शर्मा दम्पतीको अबको गतिविधि हेरिकन र ठगी तथा मानव तस्करीका अरु प्रकरण बाहिर नआएको खण्डमा भने यो सजायमा ‘पुनर्विचार’ हुन सक्ने भनिएको छ ।

सन् ९० को दशकमा फिनल्यान्डमा नेपाली रेस्टुराँ सुरुवात गर्दै तथा गुल्मी, अघाँखाँची, बागलुङ, पाल्पासहितबाट आफन्तजनलाई ल्याएर रेस्टुराँका काममा लगाउँदै आएका देवीदत्त शर्माले नेपालबाट कामदार लैजाने ‘एजेन्ट’ सरहको काम गर्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ, फिनल्यान्डका पूर्वअध्यक्ष शेखर आचार्यका अनुसार, फिनल्याण्डमा ५० भन्दा बढी नेपाली रेस्टुराँ रहेका छन् । औपचारिक तथ्यांकमा फिनल्यान्डमा ३५ सय नेपाली रहेको भनिए पनि यो संख्या ५ हजारसम्म रहेको हुन सक्ने देखिएको छ । फिनल्यान्डको कूटनीतिक सहप्रमाणीकरण मामला डेनमार्कस्थित नेपाली दूतावासले हेर्दै आएको छ ।

व्यवसायी देवीदत्त शर्माकै सेटिङमा ११ वर्षअघि फिनल्यान्ड पुगेकी दोलखा, मैनापोखरीकी तारा थापा हेलसिन्की पुगेपछिका ५ वर्षसम्म बेहोरेको पीडा र दासता सम्झनसमेत चाहन्नन् । संयोगले पारिवारिक काममा अघिल्लो साता काठमाडौं आएकी तारा कान्तिपुर कार्यालयमा आफूले फिनल्यान्डमा नेपाली मालिकबाट बेहोरेको अमानवीय व्यवहार सुनाउन आएकी थिइन् । ‘म दोलाखाबाट यता काठमाडौं घरेलु काम गर्न आएकी थिएँ । अहिले फिनल्यान्ड बस्ने देवीदत्त खरेलकै जेठी श्रीमती अप्सराको घरमा काम गर्दै थिएँ,’ताराले सुनाइन्, ‘फिनल्यान्डबाट घर आएका देवीदत्तले मलाई काममा विदेश लैजाने र राम्रो पैसा, सुविधा दिने भनेर फकाए । म पनि सबै कागजी प्रक्रिया पुर्याएर फिनल्यान्ड पुगें ।’

सर्तमा मासिक १२ सय युरो तलब दिने भनिए पनि त्यो कागजी रकम मात्रै रहेको ताराले पछि थाहा पाएकी थिइन् । सुरुमा घरेलु काम मात्रै भनिए पनि केहीपछि देवीदत्तले उनकै रेस्टुराँमा समेत काममा लगाएको र दिनरात नभनी वा साताको छुट्टी केही नभनी काममा खटिएपछि आफू बहुलाउन मात्रै नसकेको ताराले सुनाइन् । ‘मेरैजस्तो हालत अरुको पनि थियो, तर कामबाट निस्कनुपर्ला भनेर बोल्न सक्ने कोही थिएन,’ताराले ती दिन सम्झिन् ।

आफूले दायर गरेको मुद्दाको गत शुक्रबार सुनुवाइ भएको थाहा पाएपछि र आफूले पहिलो चरणको न्याय पाएको बोध गरेपछि ताराले सोमबार फोनमै सुनाइन्, ‘अहिले पनि मजस्ता पीडित र माव तस्करीको फन्दामा पर्ने दाजुबहिनीहरू फिनल्यान्डमा धेरै छन्, उनीहरू धेरैजसो आफ्नै नातेदारको घेरामा बसेका छन् । ती धेरैजसो रेस्टुराँभित्रका काममा बँधुवा मजदुरजस्तै बसेका छन् । म अब ती सबैका लागि पनि बोल्न तयार छु । अब दबिएर बस्ने होइन, आफ्नो न्याय र अधिकारका लागि अघि आउनुपर्छ ।’

यसअघि, मानव तस्करी र ठगीसहितको प्रकरणमा अदालती फैसलापछि फिनल्यान्डको तामपेरे सहरको कारागारमा डिलाराम र रिमा सापकोटा दम्पती गत डिसेम्बरदेखि ३ वर्ष ८ महिनाको थुनामा परिसकेका छन् । सापकोटा दम्पतीले तामपेरे सहरमा रहेको आफ्नै रेस्टुराँमा नेपाली कामदार ल्याएर बन्धक बनाएको उजुरी परेपछि गरिएको छानबिनमा जेल सजाय सुनाइएको थियो ।

यो पनि पढ्नुहोस्

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

३ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

१० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक